आत्मघाती बम आक्रममा इराकमा ४५ जना प्रहरी अधिकारीको मृत्यु

आत्मघाती बम आक्रममा इराकमा ४५ जना प्रहरी अधिकारीको मृत्यु

  • सोमवार, जेष्ठ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ, जेठ १८ ।
इराकमा आत्मघाती बम आक्रममा परी कम्तिमा ४५ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।

इराकको अन्बर प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले गरेको आत्मघाती बम आक्रमणमा परी केही उच्च प्रहरी अधिकारी सहित कम्तिमा ४५ जना प्रहरीको ज्यान गएको तथा अन्य ३३ जना घाइते भएका छन् ।

आत्मघाति आक्रमणकारीले बिस्फोटक पदार्थले भरिएको गाडी फलुजा र समारा शहर जोड्ने अन्बर प्रान्तको टारटर क्षेत्रमा बिस्फोट गराएका हुन् ।

इराकी संघीय प्रहरीको तेस्रो बटालियनको २१ औं ब्रिगेडलाई लक्ष्ति गरी आक्रमण भएको हो । अन्बर प्रान्तमा गएको केही हप्तादेखि इराकि सरकारी सुरक्षाकर्मी र आइएस लडाकुबीच संघर्ष हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी