बस्ती बसोबासको डेढ शताब्दी पुग्नै लाग्दा पनि लालपूर्जा छैन

बस्ती बसोबासको डेढ शताब्दी पुग्नै लाग्दा पनि लालपूर्जा छैन

  • सोमवार, जेष्ठ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

जेठ १८, डोटी ।

डोटीको बग्लेक गाउा विकास समिति वडा नं. ६ र ७ रिखडामा यस्तो बस्ति छ जहााका बासिन्दाहरुले बसोबास गर्दै आएको झण्डै डेढ दशक पुग्नै लाग्दा समेत लालपूर्जा पाउन सकेका छैनन् ।

वि.सं. १९४० देखि आफ्ना पूर्खाहरु सो क्षेत्रमा बसोबास गर्दै आएको र हालसम्म बस्तिभरीमै कुनै पनि परिवारले लालपूर्जा नपाएको ९२ वर्षीया स्थानीय बासिन्दा डम्मर साउादले बताए ।

सो गाउामा अहिले झण्डै साढे दुई सय जति घरपरिवार रहेको र वि.सं. २०४२/४३ सालतिर जो–जसले भोगचलन गर्दै आएको जमिन छ त्यो सम्बन्धीत व्यक्तिहरुको नाममा नापी भएको ७२ वर्षीया दलि कोलीले बताए ।

 

वर्षौं पहिले आफुहरुका नाममा नापी भईसकेको जमीनको लालपुर्जा वितरण गर्ने क्रममा हालको खिरसैन गाविस फुलौटका खड्का परिवारहरुले मुद्दा दायर गरेको र मुद्दा सर्वाेच्चसम्म पुग्दा खड्का परिवारकै पक्षमा फैसला भएको उनिहरु बताउाछन् ।

तर पछिल्लो चरणको फैसला आफुहरुको पक्षमा भए पनि गाउका तत्कालीन मुखियाले मालपोत रसिद उपलब्ध नगराएपछि लालपूर्जा बन्न नसकेको उनिहरु बताउछन् ।
उक्त बस्तिका व्यक्तिहरु तत्कालिन अवस्थामा ठूला–ठालुहरुबाट दमनमा परि लालपुर्जा विहीन बन्नु परेको स्थानीय बुढापाका बताउछन् ।

झण्डै एक सय बत्तीस वर्ष पुगिसकेको सो बस्तिका तत्कालिन मुखिया परिवारका ३२ वर्षर्ीय भरत बहादुर साउादको घरमा जग्गा सम्बन्धी विभिन्न समयका विभिन्न विषयका कागजात रहेको भए पनि सहजै पढ्न र बुझ्न सकिने खालका भने छैनन् ।

प्राय साउाद थरका साथै ठकुल्ला, विक, पार्की, कोली, लुहार आदि विभिन्न थरका मानिसहरु सो क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

वि.सं.२०५४ सालदेखि बग्लेक गाविसमा गाविस सचिवका रुपमा कार्यरत भीम बहादुर धामीले २०५६ सालतिर फुलौटका खड्का परिवार र रिखडाका बासिन्दाहरु बिच छलफल गराई निकास दिने प्रयत्न गरेको तर त्यसमा विभिन्न विवादको टुङ्गो नलाग्दा सफल नभएको अनुभव सुनाए ।

उनका अनुसार १९४० पूर्व उक्त जग्गा जमिन फुलौटकै खड्काहरुले भोगचलन गर्दै आएको र पछि हालका रिखडाबासीहरु बसाईंसर्दै आएको देखिन्छ । तर नापी हुने क्रममा रिखडाबासीको नाममा नै जग्गा नापी भएको गाविस सचिव धामीले बताए ।

 

यद्यपी जग्गा विवादबारे सर्वोच्च अदालतले गरेको फैसला फुलौटी खड्काको पक्षमा रहेको भन्ने आफुले सुनेको पनि उनले बताए । हाल रिखडा क्षेत्रमा कच्ची सडकको पहुाच पुगिसकेकाले सडक आसपासको जमिन आफुहरुलाई दिएमा अरु जग्गा जमिन रिखडाबासीलाई छोडिदिने खड्का परिवारहरुको मनसाय रहेको स्थानीयबाट बुझिन्छ । तर आफुहरुको नाममा नापी भईसकेको जमिनको लालपूर्जा पाउनुपर्ने रिखडाबासीहरुको भनाई छ । यद्यपि यसमा खड्का परिवारको भनाई बुझन पाईएको छैन ।

गत शुक्रबार मात्रै लुथ्रन विश्व महासंघको सहयोगमा राष्ट्रिय हलिया मुक्ति समाज डोटीले मालपोत अधिकृत, नापी अधिकृत, वकिल, पत्रकारहरु र मुक्त हलिया समुदायका अगुवासागै सो क्षेत्रका बासिन्दाहरुबिच छलफल गरेको थियो ।

छलफलमा स्थानीयले आफ्नो नाममा नापी भईसकेको जमिनको सम्पूर्ण परिवारले लालपुर्जा पाउनुपर्ने जोडदार माग राखेका छन् । स्थानीयहरुको समस्या गम्भीर रहेकाले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने स्थलगत छलफलमा पुगेको टोलीले प्रतिबद्धता समेत जनाएको छ ।

वि.सं २०२१ मा भूमिसुधार ऐन लागु जारी भएको र केहि समय पहिले मात्रै सुकुम्बासी समस्या समाधान आयोगमार्फत काम गर्न खोजेको सरकारी योजनाले उक्त बस्तिलाई सम्बोधन गर्न सकेको छैन ।

फोटो क्याप्सन : स्थानीयस‘ग रहेको अदालतको फैसलाको

कागजात ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी