अमेरीकामा फोन रेकर्ड गर्न पाउने नपाउने बारे सिनेटमा बहस

अमेरीकामा फोन रेकर्ड गर्न पाउने नपाउने बारे सिनेटमा बहस

  • सोमवार, जेष्ठ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी , १८ जेठ ।

अमेरीकी संसद सिनेटमा आतंकवाद नियन्त्रण गर्ने कानुनको विषयमा छलफल शुरु भएको छ । १७ का विरुद्ध ७७ सिनेट सदस्यको बहुमतले त्यस्तो विधेयकलाई बहसका लागि अगाडी बढाएका छन् ।

विधेयकले अमेरीकी राष्ट्रिय सुरक्षा एजेन्सीले सबै अमेरीकी नागरिकको फोन रेकर्ड गर्ने कार्यको अन्तका लागि यो बहस शुरु भएको हो । युएस फ्रिडमको नामक कानुनमाथि मतदान केही दिन सम्म हुन नसक्ने देखिएको छ ।

पेट्रियस कानुनको तीन महत्वपूर्ण हिस्सा अमेरीकी सबै नागरिकको फोन डाटा केन्द्ीत गर्ने लगायतका कार्यहरुको समयसिमा सकिए पछि मतदान हुने छ । तर पेट्रियस कानुन पूर्ण रुपले पारीत हुने या खारेज हुने भन्ने कुरा मतदान पछि मात्रै टुंगो लाग्ने छ ।

सिनेटमा रिपव्लिकन पार्टीको बहुमत रहेको र उनीहरु पूर्णत यो कानुको पक्षमा रहेकाले पेट्रियस कानुनको पूर्ण अन्त्य हुने संभावना कम रहेको बताईन्छ ।

अमेरीकाको टेलिफोन रेकर्ड राख्ने प्रवृतिको देश भित्र तथा बाहिरबाट व्यापक विरोध हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी