स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधी बार्सिलोनाले जितेको छ । गएराति सम्पन्न खेलमा लियोनन मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै २ गोलको मदतमा एथ्लेटिको विल्वाओलाई ३–१ ले पराजित गदै बार्सिलोनाले यस सिजनको लगातार दोस्रो उपाधी हात पारेको हो ।
केही दिन अघि मात्र स्पेनिस ला लिगाको उपाधि जितेको बार्साका लागि खेलको २० औ मिनेटमा मेस्सीले गोल गर्दै खाता खोलेका थिए ।
३६ औं मिनेटमा नेयमर ले गोल गर्दै बार्सिलोनको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले पछि परेको विल्वाओले दोस्रो हाफमा भने केही सुधारीएको खेल प्रदर्शन गर्यो ।
दोस्रो हाफको २९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रोे गोल गरे । विल्वाओका लागि दास्रो हाफको ३४ औ मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बार्सिलोना सँगको गोल अन्तर केही कम गरेपनि त्यसपछि कुनै गोल हुन सकेन र खेल बार्सिलोनाले जित्यो ।
यो सँगै हालसम्म बार्सिलोनाले स्पेनिस कोपा डेल रेको उपाधी २७ औं पटक जितेको छ । यस सिजनको ला लिगाको उपाधी जितिसकेको बार्सिलोनाले अर्को हप्ता च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्लब युभेन्टसको सामना गर्दैछ ।

