फिफा अधिकारीहरुको गिराफ्तारी ब्लाटर विरुद्धको  षड्यन्त्र भएको रुसको दावी

फिफा अधिकारीहरुको गिराफ्तारी ब्लाटर विरुद्धको  षड्यन्त्र भएको रुसको दावी

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

रुसले फिफाका अध्यक्ष सेफ ब्लाटरलाई पदबाट हटाउने षड्यन्त्र स्वरुप अनुसन्धानका नाममा ज्युरीचबाट फिफाका ७ अधिकारी गिराफ्तार गरेको दावी गरेको छ ।

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अपराध अनुसन्धानको नाममा भएको गिराफ्तारी लामो समय देखि फिफाको नेतृत्व गरीरहेका ब्लाटरलाई हटाउने षड्यन्त्रबमे रुपमा भएको दावी गर्नु भयो ।

उहाले रुसलाई विश्वकप २०१८ आयोजना गर्न दिने फिफाको निर्णयको विपक्षमा यस्तो गतिविधि भएको हुन सक्ने आशका गर्नु भयो ।

अघिल्लो साता मात्रै अमेरीकाका २ जना सिनेटले रुसमा विश्वकप आयोजना गर्न दिने फिफाको निर्णयको विरोध गर्दै ब्लाटरलाई पुन: निर्वाचित हुन दिन नहुने तर्क गरेका थिए ।

अमेरीका र युरोपका कतिपय मुलुकहरुले पनि रुसले युक्रेनमा हस्तक्षेप गरेको आरोपमा विश्वकप फुटवल प्रतियोगीता रुसमा हुन नहुने भन्दै फिफालाई अपील गर्दै आएका थिए ।

ज्युरीचमा ७ जना फिफाका पदाधीकारीहरु भ्रष्टाचारका मुद्धामा पक्राउ परे पछि पनि भएको चुनावमा ब्लाटर बिजयी भएका हुन् ।

पहिलो चरणको मतदानमा दुई तिहाई नपुगे पछि दोस्रो चरणको मतदानमा ब्लाटर विरुद्ध जोर्डनका राजकुमार अलि विन अल हुसैनले प्रतिस्पर्धा नगर्ने जनाए पछि ब्लाटर स्वत निर्वाचीत भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी