गुडिरहेको बसमा आक्रमण हुदा पाकिस्तानमा १९ जनाको मृत्यु

गुडिरहेको बसमा आक्रमण हुदा पाकिस्तानमा १९ जनाको मृत्यु

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

पाकिस्तानको बलुचिस्तान प्रान्तमा अज्ञात बन्दुधकारी समूहले गुडिरहेको दुईवटा बसमा गरेको आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको प्रान्तीय राजधानी क्वेताबाट कराँचीका लागि छुटेको उक्त वसमा चढी लडाकुहरुले यात्रुहरुलाई बाहिर निकालेर गोली हानी हत्या गरेको बिबीसीले जनाएको छ ।

प्रान्तीय गृहमन्त्री सरफ्राज बुग्टीका अनुसार लडाकुहरुले केही यात्रुलाई अपरहण गरेका छन् । बसमा कती यात्रु थिए र आक्रमण कसले ग¥यो भन्ने बारेमा भने केही खुल्न सकेको छैन ।

बलुचीस्तान प्रान्तमा अलग्गै राज्यको माग गर्दै लामो समयदेखि पृथक्तावादीहरुले आक्रमण गर्दै आएका छन् । पछिल्लो आक्रमणमा उत्तरी बलुचिस्तानको स्थानीय  पास्तुन जातीका नागरिकलाई निशाना बनाईएको बुझिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी