चीनको केन्द्रीय जनअदालतले २६ जना विद्यार्थी बालिकाहरुलाई पालै पालो र पटक पटक बलात्कार गर्ने एक जना प्राथमिक विद्यालयका शिक्षकलाई फासीको सजाय तोकेको छ ।
गान्सु प्रान्तमा एक वर्ष भित्रमा लि जिसुन नामका ती शिक्षकले सन् २०११ देखि २०१२ सम्ममा पालै पालो ती विद्यार्थी बालिकाहरुमाथि बलात्कार गरेका थिए ।
वुसान शहरमा २१ जनामाथि बलात्कार गरेका लि ले ५ जनामाथि यौन शोषण गरेको अभियोग प्रमाणित भए पछि मृत्युदण्डको फैसला अदालतले सुनाएको हो ।
उनले बलात्कार गरेकामा ४ वर्ष भन्दा माथिका र ११ बर्ष भन्दा मुनिका बालिकाहरु रहेका छन् ।
उनले बलात्कार गरेका प्राय सबै बालिका उनले पढाउने स्कुलकै विद्यार्थीहरु थिए ।
चीनको केन्द्ीय जनअदालतले चिन्ता जनाएको छ कि देशमा २०१२ देखि १४ सम्ममा ७१४५ त्यस्ता सुनुवाईहरु भएका थिए । जो विगतमा भन्दा ४० प्रतिशत बढी हो ।
नेपालमा पनि यसरी बलात्कार गर्नेलाई मृत्युदण्ड दिनु पर्ने माग हुदै आएको छ तर त्यस्तो कानुन भने तय भएको छैन ।