यमनमा साउदी गठबन्धनको हवाई आक्रमणमा सेना र सर्वसाधारण सहित ८० भन्दा बढीको मृत्यु

यमनमा साउदी गठबन्धनको हवाई आक्रमणमा सेना र सर्वसाधारण सहित ८० भन्दा बढीको मृत्यु

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

ऐजेन्सी जेष्ठ १४ ।

साउदी अरबले नेतृत्व गरेको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा यमनको राजधानी सनामा ३६ जनाको मृत्यु भएको छ भने एक सय भन्दा धेरै घाईते भएका छन् भने साउदी र यमनको सिमानामा भएको आक्रमणमा ४० जना मारिएको खबर छ ।
मारिने मध्य धेरै जसो सर्वसाधारण भएको अनुमान गरिएको छ ।
सानामा हतियार राखेको गोदाम भनेर आक्रमण गरे पनि मारिनेहरु को हुन भनेर एकिन भएको छैन ।
साउदी नेतृत्वको आक्रमणमा धेरै सर्वसाधारणको मृत्यु भएकोमा विरोध हुदै आएको छ ।

साउदी सिमाना हज्जाजमा भएको गोलाबारी पछि साउदी अरबले यमनी सुरक्षाफौजको मुख्यालयमा समेत हवाई आक्रमण गरेको छ । जसमा केही सेना र सर्वसाधारण मारिएको यमनी सेना स्रोतले जनाएको छ ।

साउदी अरबको आक्रमणमा कारण यमनमा धेरै अस्पतालहरु समेत बन्द रहेका छन् । जसले गर्दा ७५ लाख भन्दा बढी मानिस स्वास्थ्य समस्यामा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी