जेष्ठ १३ काठमाण्डौं ।
भूकम्प पीडित लाखौं मानिसहरु अहिले राहतका लागि ठूलो प्रतिक्षामा रहेका छन् ।
राजधानी भन्दा टाढा सिन्धुपालचोक, दोलखा , नुवाकोट , रसुवा , गोरखा, धादिङ लगायतका जिल्लाका दुर्गम क्षेत्रमा राहत पुग्न सकेको छैन ।
विडम्वना त जनताले राजधानी काठमाण्डौं छेवैमा पनि सहज किसिमले राहत पाउन सकेका छैनन् ।
यस्तै दुख: पाउनेहरु मध्य केही हुन् कीर्तिपुर टौदहका स्थानीयवासी ।
श्याम महर्जन विना महर्जन , शरण , विकास देसाई लगायतका स्थानीयवासीहरु पुख्र्यौली घर भत्किए पछि आफ्नै खेतको पाटामा पाल टागेर बसिरहेका छन् ।
उनीहरुले राहतमा आउने चामल समेत गिलासले नापेर दिएको आधारमा खानु परीरहेको देखिन्छ ।
कतिपय बच्चाहरु लामो समय सम्म पालमा राखीरहदा चिसोका कारण निरन्तर विरामी समेत परीरहेको हाम्रा सहकर्मि राजकपुर महर्जनले जनाएका छन् ।
स्थानीय पीडितहरुले यदी कसैले सहयोग गर्न चाहेमा ९८४९७३३५२६ नम्बरमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।

