जेठ १३, एजेन्सी ।
इस्लामिक विद्रोही समूह आईएसको चर्को दबाब झेलेको इराकले आन्तरिक सैन्यबल मार्फत कब्जा भएका प्रान्त फिर्ता लिने औपचारिक अभियान शुरु गरेको छ । सरकारी सेनासहितका नागरिक दस्ता बनाएर आइएस विरुद्ध लड्ने अभियान सुरु गरिएको सरकारका प्रवक्ताले बताएका छन् ।
उनका अनुसार सरकारी सेना र दर्जर्नौ सिया लडाकु संगठनसग समन्वय गरिएको छ । इराकले अभियान अन्तर्गत पहिलो चरणमा अन्वर प्रान्तबाट आईएसलाई भगाउने बताएको छ । टेलिभिजन सम्बोधनमा सरकारका प्रवक्ताले आईएस विरुद्धको लडाईमा अत्याधुनिक हतियार प्रयोग गरिने भएकाले युद्ध लामो समय नहुने दाबी गरेका छन् ।
सरकारले विऽोहीको कब्जामा रहेको अन्वर प्रान्तमा आपूर्ति हुने सबै संयन्त्र बन्द गराएको छ । आईएस विरुद्धको सरकारी अभियानलाई अमेरिकाले स्वागत गरेको बीबीसीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline