काठमाडौं, १३ जेठ ।
भारतमा प्रचण्ड गर्मीबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेश र तेलंगानामा मात्र १ हजार १ सय १८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एक साता यता बढेको गर्मीले आन्ध्र प्रदेशमा ८ सय ५२ तथा तेलंगानामा २ सय ६६ जनाको मृत्यु भएको हो । तातो हावा लू चलेका कारण तेलंगनाको तापक्रम५० डिग्रीको हाराहारीमा पुगेको थियोे ।
भारतीय राजधानी दिल्लीमा मात्रै करीब ४६ डिग्री पुगेको तापक्रम झारखण्ड र उडिसामा पनि यही हाराहारीमा पुग्नसक्ने भारतीय मौसम विभागले जनाएको छ ।
यद्यपि, मौसम विभागले भने आगामी केही दिनमा ति जिल्लामा तापक्रम घट्ने आशा गरेको छ ।
वर्षात सुरु नहुँदासम्म बढ्दो गर्मीबाट बच्न सर्वसाधारणलाई सचेत पनि तुल्याइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline