खेलाडी भएर आफ्नो देशको लागि खेल्न चाहने महिला क्रिकेटरहरुले राष्ट्रिय टिममा पर्नका वोर्ड सदस्यहरुका लागि यौन सन्तुष्टी दिलाउनु पर्ने बाध्यता रहेको थियो भन्ने कुरा सार्वजनिक भएको छ ।
श्रीलकाको खेलकुद मन्त्रालयले गठन गरेको छानविन समितिले महिला खेलाडीहरुलाई राष्ट्रिय टिममा छनोटका बेला यौन कार्यका लागि फकाउने नमाने दवाव दिने गरेको प्रतिवेदन दिएको छ ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश निमल दिशानायकेको नेतृत्वमा गठित ३ सदस्यीय समितिको रिपोर्ट गत बुधबार मन्त्रालयलाई बुझाएको थियो ।
प्रतिवेदनमा अधिकांश महिला क्रिकेटर माथि यौन शोषण हुने गरेको देखिएकाले सो अपराधमा संलग्न पदाधीकारीहरुलाई कार्बाहीको प्रकृया अगाडी बढाउन सरकारले आदेश दिएको छ ।
श्रीलकाली भाषाको पत्रिका ‘दिवाइना’ले महिला टिमकी अग्रज महिला खेलाडीलाई टिम व्यवस्थापनले यौन ईच्छा पुरे नगरेकै कारण टिमबाट हटाईएको समाचार छापे पछि यो विवादको बाहिर आएको थियो ।
श्रीलंकाली महिला क्रिकेटको स्तर पनि माथिल्लै छ । विश्वको छैटौ नम्बरमा श्रीलकाको महिला क्रिकेटको बरियता कायम छ ।