भारतमा अत्याधिक गर्मीका कारण ३ सय ५० जनाको मृत्यु

भारतमा अत्याधिक गर्मीका कारण ३ सय ५० जनाको मृत्यु

  • सोमवार, जेष्ठ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी ११ जेठ ।
भारतमा अत्याधिक गर्मीका कारण अहिलेसम्म ३ सय ५० जना भन्दा बढीको मुत्यु भएको छ । भारतीय संचार माध्यमका अनुसार भारतका केही क्षेत्रको तापक्रम ४८ डिग्रीसम्म पुगेको छ । अत्याधिक गर्मी तथा लुका कारण सबैभन्दा धेरै तेलंगना र आन्ध्र प्रदेशमा बढी मानिसको मुत्यु भएको छ ।

तेलंगनाका १० जिल्लामा अहिलेसम्म गर्मी तथा लुका कारण अहिलेसम्म १ सय ८६ तथा आन्ध्र प्रदेशमा १ सय ८२ जनाको ज्यान गएको समाचार संस्था पिटिआईले जनाएको छ । ज्यान गुमाउनेमा धेरै वृद्धवृद्धा ररेहको सरकारी अधिकारीले बताएका छन् ।

भारतका कैयौं क्षेत्रमा तापक्रम उच्च पुगेको छ । उत्तर प्रदेशको इलाहबादमा सबैभन्दा धेरै ४८ डिग्री पुगेको छ भने राजधानी दिल्लीको तापक्रम पनि ४४ डिग्री सेल्सियस पुगेको छ । मौसम विदका अनुसार अझै चार दिनसम्म गर्मी बढ्न सक्ने छ । गर्मी बाट बच्नका लागि घरबाट बाहिर सकेसम्म कम निस्कन सरकारी अधिकारीले आग्रह गरेका छन् । यस्तै पानी बढी पिउन पनि विज्ञले सल्लाह दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी