एजेन्सी जेष्ठ १० ।
पाकिस्तानले हालै भारतीय रक्षा मन्त्री मनोहर परिंकरले भारतले आतंकवादको विरुद्ध आतकवाद प्रयोग गर्ने भन्ने कुराले पाकिस्तान भित्रको चरम्पन्थी घटनाहरुमा भारतीय संलग्नता रहेको पुष्टी भएको दावी गरेको छ ।
हालै रक्षा मन्त्री मनोहरले टेलिभिजन कार्यक्रममा काटालाई काटाले नै निकाल्ने भन्दै पाकिस्तान विरुद्ध लक्षित अभिव्यक्ति दिनु भएको थियो ।
पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफका विदेश तथा रक्षा मामलाका सल्लाहकार सरताज अजीजले यस्तो बताउनु भएको हो ।
उहॉले पाकिस्तानले छिमेकीहरुसग‘ राम्रो सम्बन्ध चाहेको भन्दै त्यस्तो क्रियाकलाप रोक्न भारतलाई आग्रह गर्नु भएको छ ।
केही दिन अघि कराचीमा भएको बम विष्फोटमा भारतीय गुप्तचर एजेन्सीको संलग्नता रहेको दावी पाकिस्तानी अधिकारीहरुले गर्दै आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline