जेष्ठ १० एजेन्सी ।
रुसले देशको आन्तरीक एवं राष्ट्रिय सुरक्षाको मामलामा समस्या उत्पन्न हुन सक्ने भन्दै विदेशी एनजीओमाथि प्रतिवन्ध लगाउने तयारी गरेको छ ।
यस सम्बन्धि बिधेयकलाई राष्ट्रपति भ्लादीमीर पुटिनले स्वीकृत गर्नु भएको छ ।
यस विधेयक अनुसार राष्ट्रिय सुरक्षाका मामलामा खतरा उत्पन्न गराउने खालको कार्य भएको देखिएमा त्यस्ता विदेशी गैर सरकारी संस्था या कम्पनीहरुमाथि प्रतिवन्ध लगाउने , जरीवाना तोक्ने एवं ६ वर्ष सम्मको जेल सजाय समेत हुन सक्ने प्रावधान रहेको छ ।
युक्रेन लगायतका मामलामा रुसको भूमिकामा विदेशी एनजीओ र संस्थाहरुले प्रभाव पार्न खोजेका कारण यो विधेयक ल्याउनु परेको सरकारी अधिकारीहरुले दावी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline