बच्चाको यस्तो बिजोग छ , सहयोग गर्नेहरु नै थर्काउछन् ( फोटो सहित )

बच्चाको यस्तो बिजोग छ , सहयोग गर्नेहरु नै थर्काउछन् ( फोटो सहित )

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 20.2K
    SHARES

मेरो पाँच महिनाको छोरा छ । लगाईदिने कपडा छैन तर उ सानो बालकमा नै परेन दिदि । म त सुतकेरी नै हैन रे ।

सैनिक मन्च टुडिखेलमा बिहिवार भेटिएकी पाचा महिने बालककी आमाले यसो भनेर सुनाईन् । उनी हुन् अशन बस्ने सोना खड्का ।
उनी भन्दै थिईन् छेउमा रहेकी एउटी दिदीले उनको छोरीलाई कपडा ल्याएकी अनि मेरो छोरो नाङगो देखेपछि दिईन त्यहि लगाइ दि‘ए । मेरो पनि एक सरो कपडा छ । फेर्ने छैन ।

एउटा भेष्ट लगाएर आधा नाङगो छोरो काखमा च्यापि ओरेक नेपालले बनाएको टेन्ट छेउमा बसेर टोलाउदै गरेकी उनलाई अर्की पीडित महिलाले सम्झाउदै थिईन ,शरीरमा केहि बेर ,त्यो धोउ अनि फेरी त्यहि लगाउ ।

त्यस्तो कुराकानी सुनेपछि हामिले चासो राख्यो “ओरेकले साना नानीहरु भएका आमाहरुका लागी टेण्टको ब्यावस्था गरेको रहेछ । तपाईहरुलाई पनि त ब्यावस्था होला नी ? मलिन र पिडादायी स्वरमा उनले भनिन् ँ तिमि सुत्केरी हैनौ , यो टेन्ट सुत्केरीका लागी मात्रै बनाएको हो ,तिमी बस्न मिल्दैन ” भन्नुभयो । अहिले टुडिखेलमा नै एउटा पाल टॉगेर बसेकी छु ।

हामीसाग उनले दुखेसो पाख्दै गर्दा नजिकै रहेकी ओरेककी प्रतिनिधि आएर तत्कालै उनलाई सम्झाउने शैलीमा भनिन् । तपाईलाई हामीले यो लगाएको कपडा दिएको होईन ?

उनी तत्कालै सम्हालिईन र भनिन्  हो नि दिदी यो लगाएको म्याक्सि तपाईहरुले नै दिएको ,छेउमा भएकी अर्की महिला पनि बोलीन मेरो छोरालाई पनि एउटा भेस्ट दिएको हो यी अहिले पनि लगाएको छ । ” हामिले आफ्नो दु:ख पोखेर ठुलो गल्ति गर्यो ,अब त्यहि कारण पाएको सहयोग पनि कट्ने हो कि ,गाली गर्ने पो हुन् कि भन्ने जस्ता धेरै विचारहरु उनीहरुको अनुहार र व्यावहारमा प्रष्ठ देखिन्थ्यो ।

आफु बसेको घर भत्कियो ,कोठाका पनि सबै सामान पुरिए । भत्किएको घरको भग्नावशेष हटाउटा निस्किएको कुच्चिएको एउटा ग्यास सिलिन्ड ,केहि थाल बटुकाहरु लिएर यहि पालमा राखेको छु । साथमा एक पैसा छैन । लगाउने कपडा पनि छैन । उनले सुरुवातमै सुनाएकी थिईन् । अब यो पालबाट हटेपछि फेरी काहा बस्ने ,ठेगान छैन ।

उनीजस्ता धेरै महिलाहरु आफ्ना साना काखे नानी च्यापेर शैनिक मंच टुडिखेलमा पालमुनि बसिरहेका छन् । ओरेकले तीन महिना मुनीका शिशु र आमालाई बिभिन्न दाताबाट आएको टेन्ट टागेर राखेको छ । दाताबाट नै आएको लत्ता कपडा र खाद्यान्ह बाडिरहेको छ । तर ओरेकका प्रतिनिधिले त्यहा रहेका ती महिलाहरुलाई बाहिरबाट आउने ब्यत्तिसाग कुनै प्रतिक्रिया दिन भने प्रतिबन्ध लगाएका छन् ।

टेन्ट मुनि बसेका ती आमाहरु तपाईहरु कसरी बसिरहनु भएको छ ,के छ अवस्था भनेर कुरा गर्न खोज्यो भने हामिलाई ओरेकका दिदिहरुले हाम्रो अनुमति बिना कसैसग नबोल्नु भुन्नुभएको छ । पहिले उहााहरु सागै कुरा गर्नुस अनि मात्र यता आउनुहोला भन्ने गरेका छन् । जव ती प्रतिनिधिका अगाडि उनीहरु इमान्दारी पूर्वक सबै राम्रो छ । हामि खुसी छौ भनेर प्रतिक्रिया दिन्छन् ।

जुन सुकै संघ सस्था वा व्यत्तिहरु सहयोगको भावनाले टुडिखेल पुगेपनि ओरेक प्रतिनिधिसाग अनुमती नलिई उनीहरुले सहयोग गरिरहेका महिलाहरुसाग कुरा समेत गर्न सक्दैनन् । यसका बाबजुत जति साना बच्चा भएका आमाहरुलाई टेन्टमा राखेर उनीहरुलाई खान तथा कुनै स्वास्थ्य समस्या आईपरे हस्पिटलसम्म पुर्यादिने ब्यावस्था गरेको छ । त्यो प्रशंसनिय छ । एउटा टेण्टमा जन्मिएको तीन दिन देखि तीन महिना सम्मका ६ जना सुत्केरीलाई राखिएको । सामान्य बर्षा आएमा उनीहरुलाई खासै असर गर्दैन भने दिउसो घाममा सितल र राति न्यानो हुनुका साथै लामखुट्टेले पनि असर नगर्ने गरि बनाईएको छ ।


ओरेककी प्रतिनिधि बन्दना भुर्तेलले सुरुमा सुत्केरी महिलाहरु नै आफुहरुले बनाएको टेन्टमा आएर बस्नुस् भन्दा नमानेको तर अहिले भने आफै राखिदेउ भन्दै आएको बताउनु हुन्छ ।

कतिपयले भने म परीवारसाग नै बस्छु भनेर पनि नआएको तर हामिलाई केहि गरेन भन्ने गरेको दुखेसो पनि छ बन्दनाको । सोहि टेन्टमा बसेकी अकी नुवाकोटकी एक महिलाले भनिन् मेरो बुहारीले छोरा पाएको सात दिन भयो । अहिले यहि टेन्टमा राखेको छ ।तीन पटक खान दिन्छ । तेल लगाउन हामि लान्छौ । लत्ताकपडाहरु पनि दिएको छ ।

टुडिखेलमा रहेका तीन महिना मुनिका शिशु र आमाहरुलाई ओरेक नेपालले स्नेह दिईरहेको छ । तर राजधानीकै प्रशासनिक केन्द्र सिंहदरवार र अन्य धेरै स्थानहरुमा त्यस्ता सुत्केरी महिलाको अवस्था अझै दर्दनाक नै देखिन्छ । उनीहरु पाल टागेर चिसो भुईमा जसो तसो बसिरहेका छन् ।

ललितपुरकी आशा श्रेष्टको पााच महिने छोरा छ । घर भत्किएपछि चिसो भुईमा पाल टागेर बस्दा अहिले छोरो बिरामि भएर अस्पताल धाईरहनु परेको गुनासो उनको छ । जति औषधि खुवाएपनि सडकमा सुताएपछि निको नहुने रहेछ ।उनले भनिन् ।

अर्को तर्फ जहाा जुन अवस्थामा बसेका भएपनि भुकम्पबाट विस्थापितहरुलाई अहिले एउटै चिन्ता छ । पालबाट हटेपछि कहाा जाने ? के गर्ने ? यस्तै चर्चा पनि टेन्ट मुनि दिनभर जसो हुन्छ ।

राजधानीको प्राङगणमै भूकम्प पीडितहरुको यस्तो बिचल्ली भईरहेका बेला सिन्धुपालचोक, दोलखा, रसुवा, नुवाकोट , धादिङ गोरखा जस्ता जिल्लाका दुर्गम भेगमा के भएको होला कुरा सजिलै बुझिन्छ नि हैन र ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी