भारतीय अदालतको फैसला “माओवादी हुनु कुनै अपराध हैन ”

भारतीय अदालतको फैसला “माओवादी हुनु कुनै अपराध हैन ”

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

एजेन्सी ,८ जेष्ठ ।
भारतको केरला हाईकोर्टले माओवादि भएकै आधारमा कसैलाई पनि गिरफ्तार नगर्न प्रहरीलाई आदेश दिएको छ ।
शुक्रवार माओवादि हुनु कै अपराध नभएको फैसला गर्दै हाईकोर्टले कुनै पनि माओवादि संगठनमा आबद्ध भएकै आधारमा कसैलाई पनि गिरफ्तार गर्न नपाईने निर्णय सुनाएको हो ।

श्याम बालकृष्णनलाई माओवादी भएको आशंकामा केरला प्रहरीले यसअघि पक्राउ गरी मुद्धा चलाएको थियो । तर शुक्रवार हार्ककोर्टका न्यायधिस ए मुहम्मद मुश्ताकले केरला पुलिसलाई आश्चर्य चकित बनाउदै श्यामकै पक्षमा फैसला सुनाएका हुन् ।
फैसला सुनाउदै मुश्ताकले भने “ यदि कोहि ब्यत्ति या संघठन हिंसा वा घृणा फैलाउछ ,त्यस्ता व्यत्ति र संगठनका बिरुद्ध मात्रै कानुनी कावार्हि हुनेछ । ”

गिरफ्तार गर्न कानुनी प्रक्रियाको निर्धारण गर्ने अधिकार संविधानमा मात्रै भएको उल्लेख गर्दै मुख्य न्यायधिसले पुलिसले कसैलाई माओवादीको आरोप लगाएर कसैलाई गिरफ्तार गर्न नसक्ने बताएका छन् ।
हाईकोर्टले आफ्नो फैसलामा माओवादि हुनु अपराध नभएको र अहिले माओवादी विचारधारा भारतको संवैधानिक शासन व्यावस्था बिरुद्ध भएपनि मानविय ईच्छाको बारेमा सोच्नु मानव अधिकार भएको स्पष्ठ उल्लेख गरेको छ ।

भारतको छत्तीसगढ, झारखण्ड लगायतका राज्यमा माओवादीहरुले ठूल ठूला आक्रमण गर्दै राज्यलाई चुनौती दिईरहेका छन् । भारतले माओवादी विरुद्ध कडा कानुन बनाएर अप्रेसन चलाईरहेका बेला अदालतको यो फैसलाले केही अवरोध खडा गर्न सक्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी