आइएस द्धारा हजारौं इराकी नागरिक विस्थापित

आइएस द्धारा हजारौं इराकी नागरिक विस्थापित

  • बुधबार, जेष्ठ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं,  ६ जेष्ठ ।

इस्लामिक आतंकबादी समूह आइएसले इराकको रमादी शहरलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँबाट हजारौं इराकी नागरिक विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार त्यहाँ जारी संघर्षका कारण २५ हजार सर्वसाधारण विस्थापित भएका हुन् । आईएसको आतंकवादी गतिविधिकै कारण यसअघि पनि इराकबाट लाखौं मानिस पलायन भइसकेका छन् ।

त्यहाँबाट विस्थापित भएकाहरुलाई राजधानी बग्दादबाट केही किलोमिटर टाढा अस्थायी शिविर बनाएर राखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । यता शिया समर्थित लडाकु र आइएस लडाकुबीच रमादी शहरमा भीषण संघर्ष शुरु भएको छ ।

सो क्रममा दुबैतर्फबाट केही घाइते भएका छन् । आइएसले रमादी शहर नियन्त्रणमा लिई इराकी सुरक्षाफौजलाई लखेटेपछि शिया लडाकुहरु तैनाथ गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी