पटना हाईकोर्टले तीन जना न्यायधिसलाई बर्खास्त गर्ने आफ्नै फैसला खारेज गरेको छ । अमर्यादित क्रियाकलाप गरेको आरोपमा न्यायधिस त्रय हरिनिवास गुप्ता , जितेन्द्र नाथ सिंह र कोमल राम गत साल फरवरीमा पटना हाईकोर्टको आदेशमा पदबाट हटाईएको थियो ।
पटना हाईकोर्टका मुख्य न्यायधिस एल नरसिंहा रेड्डी र सुधिर सिंहको ईजलासले मंगलवार सो नया फैसला गरेको हो ।
गत बर्ष जनवरीमा नेपालको विराटनगरमा रहेको एक होटलमा नेपाल प्रहरीले छापा मार्दा तीनै जनालाई आप्पतिजनक अवस्थामा भेटेपछि न्यायधिस पदबाट बर्खास्त गरिएको थियो ।
घटना पश्चात पटना हाई कोर्टको फुल कोर्ट मिटिङले ८ फेव्रुअरीमा उनीहरुलाईै वर्खास्त गर्न सिफारीस गरेको थियो ।लगत्तै त्यसको बिरुद्ध तीनै जना न्यायधिसले हाईकोर्टमा अपिल गरेको थियो ।
न्यायधिसमाथि लागेको आरोपको जाचका क्रममा बनेको समिति गठन प्रक्रियागत नभएको भन्दै मंगलवार हाईकोर्ट आफ्नै फैसलाको बिरुद्धमा गएको हो । तर हाईकोर्ट प्रशासनले पुन यस घद्दटनाको जाच गर्न चाहेमा दुई महिना भित्र फैसला गर्न पनि भनिएको छ ।