अफगानस्तानको राजधानि काबुलमा बम आक्रमण हुदा पाच जनाको मृत्यु भएको छ । न्याय मन्त्रालयको कार पार्किङ नजिक भएको सो आक्रमणमा परी अन्य कयौ घाईते भएका छन् ।
काबुलमा एक हप्तादेखि भएको बम आक्रमण मध्ये यो तेस्रो ठुलो बिस्फोट भएको बिबिसिले जनाएको छ । मन्त्रालय आसपासका सडकमा भिड हुनुका साथै सरकारी कर्मचारीहरु घर फर्किरहेको समयमा बम बिस्फोट भएकोले धेरै घाईते भएको बताईएको छ ।
बिस्फोटक पदार्थ राखिएको कार पार्किङमा राखिएको र भिडभाडको समयमा बिस्फोट गराएको सरकारका एक प्रवत्तााले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline