काठमाण्डौ ,५ जेष्ठ ।वैशाख १२ मा गएको विनाशकारी भुकम्प पछि भारतीय चहलपहल नेपालमा निक्कै बढ्दो छ । कहिले भुकम्प पिडितको उद्धारका लागी त कहिले राहत वितरणका लागी । त्यसमा पनि निक्कै चर्चा कमाए भारतीय सञ्चार माध्यम र पत्रकारहरुले । भुकम्पको क्षति र पिडितको स्थीतिको बारेमा स्थलगत रिपोर्टिङका लागी भन्दै निशेधित क्षेत्रहरु सम्म पुगेर त्यसको भिडियो फुटेज मात्र लिएनन् ,नेपाल प्रहरीका अधिकारीमाथि हातपात सम्म गर्न भ्याए ।भारतीय सञ्चारमाध्यमले प्रसारण ,प्रकासन गरेका समाचारले नेपाललाई विश्वसामु चिनाउने र पिडितको सहयोगका लागी हातहरु उठाउने काम त गर्यो नै तर त्सभन्दा बढी उनीहरुले देखाएको दादागिरीले नेपालीहरुको मनमा राम्रो छाप छोड्न सकेन । सोहि कारण विपदका बेला नै भएपनि बाहिरी मुलुकका नागरिकलाई सहजै नेपाल प्रवेशमा रोग लगाउने कि भन्ने चर्चा पनि हुन पुग्यो ।
- पोखरा बिमानस्थलमा डियुटिमा खटिएका नेपाल प्रहरीमाथि हातपातमै उत्रीएका भारतीय पत्रकार
त्यतिमात्र हैन नेपाली सेनाले भारतीय पत्रकारलाई रोकेको छ भनेर टिभीमा ब्रेकिङ न्युज चलाउने भनेर भारतीय पत्रकारले धम्कि दिएको कुरा पनि सार्वजनिक हुन पुग्यो । विनाशकारी भूकम्पपछि उद्दार र राहतका लागि भन्दै भारतबाट दर्जनौंको संख्यामा जहाज र हेलिकप्टर आए पनि उनीहरुले आफ्नै नागरिक फिर्ता र नेपाल–चीन बीचको सीमामा पत्रकार घुमाउने कामलाई नै बढी प्राथमिकता दिए । भारतबाट आएकाले त मान्छे नै गन्दैनन्, नेपाली सेनाका अधिकारीको भनाई थियो लाग्छ उनीहरुकै क्षेत्रमा हामी पुगेका छौं ।
उता ,भारतीय सेनाको हर्कत पनि उस्तै पाईयो । भूकम्प पीडित क्षेत्रको रिर्पो्टिङका लागि नेपाली सेनाले बोलाएर विमानस्थल स्थित ११ नं बाहिनीमा पुगेका ‘बुधबार’ साप्ताहिकका सम्पादक तथा पुर्वप्रधानमन्त्री माधबकुमार नेपालका प्रेस सल्लाहकार विष्णु रिजाललाई भारतीय सेनाले ‘छोटा मान्छेको दिमाग पनि छोटै हुँदोरहेछ’ भन्दै अपमानित गर्यो ।
यस्तै, भुकम्प पिडितको नाममा नेपाल आएको राहतमा पनि भारतीय पक्षले प्रश्न उठाउदा स्वयम आफ्नै छवि धमिलो बनाउन पुग्यो ।
अहिले फेरी भारतीय विशेष टोलि नेपाल छिर्यो । मंगलवार मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको निर्देशनमा विशेष टोली काठमाडौं आएको छ । विनाशकारी भूकम्पपछि पुननिर्माण र पुनस्स्थापनाका लागि नेपालको प्राथमिकता पहिचान गर्न भन्दै सो टोली नेपाल आएको हो ।
टोलीमा अतिरिक्त प्रमुख सचिव पिके मिश्र तथा विदेश मन्त्रालयमा नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुर रहेका छन् । उनीहरुले नेपाल सरकारका उच्च अधिकारीसंग विशेष परामर्श गरि भारतले भुकम्पपछि नेपाललाई के कस्तो सहयोग पुर्याउन सक्छ , प्राथमिकता के मा छ भन्ने निक्र्यौल गरि फर्कनेछन् ।
भूकम्पका कारण ठूलो जनधनको क्षती भएपछि नेपाल सरकारले पुननिर्माण योजनामा अन्तराष्ट्रि«य दातृ समुदायको साथ–सहयोग आह्वान गरेलगत्तै भारत सरकारले आफ्नो विशेष टोलि नेपाल पठाएको हो ।
काठमाडौंस्थित परराष्ट्र मन्त्रालयको समन्वयमा आज गृह, भौतिक योजना, अर्थ, स्वास्थ्य, कृषि मन्त्रालयसहितका पदाधिकारीसंग विशेष परामर्श बैठक हुनेछ । सो टोली आजै दिल्ली फर्कने बताइएको छ ।




