हामीलाई भाषण होइन, रासन चाहियो

हामीलाई भाषण होइन, रासन चाहियो

  • मङ्लबार, जेष्ठ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

१२ बैशाख २०७२ को विनासकारी महाभूकम्पको कारण नेपालको विभिन्न ठाउाहरु पूर्ण वा आशिंक रुपमा ध्वस्त हुन पुग्यो । सोहि महाभूकम्पले वागमती अञ्चलको रसुवा जिल्ला पनि अछुतो रहेन । जो नेपालको हिमाली जिल्लाहरु मध्ये एक जिल्लाको रुपमा पनि चिनिन्छ । एक निर्वाचन क्षेत्र र १८ गाउा विकास समिति रहेको बस्तीमा यत्तिबेला महाभूकम्पले सबैको उठिबास गरेको छ । साना तिना घरहरु त क्षेत–विच्छेत बनेका छन् भने ठूला पक्की विल्डिङहरुपनि भत्किएका छन् ।
भूकम्प पिडीतहरुको लागि धेरै ओटा संघ/संस्थाहरुले राहत वितरण गर्न गएको भेटिएता पनि त्यहााको बासिन्दाहरु भने राहत पूर्णरुपमा नपाईरहेको गुनासो सुनाईरहेका हुन्थ्ये । ३ जेष्ठ २०७२ को दिन रसुवा जिल्लाको स्याब्रुबेशी गाउा विकास समितिमा राहत वितरण गर्न सभासदको टोली र प्रमुख जिल्ला आधिकारी सहित दैविक प्रकोप उद्धार समितिको टोली सबैले पााच गाविस स्याब्रुबेशी, चिलिमे, टिमुरे र बृद्धिम गाविसका पीडितहरुलाई राहत वितरण गर्न गएका थिए ।

रसुवा जिल्लाबाट प्रत्यक्ष निर्वाचित सभासद जनार्दन ढकाल  अलि बढी चिन्तित मुद्रामा रहेको पाइन्थ्यो । जव राहत लिन पााच गाविसको बासिन्दाहरु खचाखच थियो । त्यहा कस्ले बोल्ने भन्नेमा अलि छलफल भै रहेको थियो । स्थानीय बासीहरुले आफूलाई राहत सामाग्री दिनेहरुलाई खादा ओढाएर सम्मान गर्ने योजनाका साथ आएका रहेछन् । बिडम्वना स्थानीय बासीहरुले करिव १२० थान खादाहरु त्यसै घर फर्काउनु पर्‍यो । कारण प्रमुख जिल्ला अधिकारीले लगाउनु पर्देन भनेको हुनाले । त्यसपछि छिनभरमै आक्रोसित बनेका नागरिक वडामञ्चका प्रतिनिधिहरुले राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्नु पर्छ भनेको सुनेको मात्र के थियो । चार जना सभासद, प्रजिअ, स्थानीय विकास अधिकारी आदिलाई जनताले यसरी आक्रोस पोखे “हामीलाई भाषण चाहिएको होईन । यत्तिबेला त हामीलाई राशन चाहिएको छ । ” दिन ढल्कि सक्यो, रात पर्ने लाग्यो, यहाा बाट घर पुग्न पनि धेरै लाग्छ भन्दै स्थानीयबासीहरुले आक्रोस पोख्न थाले । केहि बेर पछि आफै साम्य भएपछि हतार हतार कार्यक्रम संचालक नराखी स्थानीय विकास अधिकारीले राहत वितरण पारदर्शि ढंगबाट गर्ने बताएका थिए ।
उनले भाषण गरिसक्दा नसक्दै नकपा एमालेका नेता तथा रसुवा जिल्ला बाट प्रत्यक्ष निर्वाचित सभासद जनार्दन ढकालले भावुक मुद्रामा महाभूकम्पले हामी सवैजना यतिबेला सोकमा परेको बताउनु भयो ।

रसुवा जिल्लाका धेरैले ज्यान गुमाउनु परेको अवस्था छ । धेरैको घरबार विहिन बन्न पुगेको अवस्था छ । हामी यस्तो अबस्थामा चुप लागेर बस्न हुन्न त्यसैले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रि संघ/संस्थाहरुलाई हामीले हार गुहार गर्‍यौ अनि नेपाल सरकारले हामीलाई दिएको राहत सामाग्री आज यो घडीमा वितरण गर्न आईरहेका छौं । म तपाईहरुको अभिभावक भएकै नाताले तपाईहरुको हर दुखमा म रहने छु । जस्ता विषय बस्तु सभासद ढकालले राखेको मात्र के थियो धेरैको मन स्तब्ध भएको पाईयो ।
साच्चिनै रसुवा जिल्लामा प्राय घरहरु कहि पनि नढलेको पाइएन । एका दुईमात्र बााकी थियो त्यो पनि सवै चर्किएको । अधिकांसले बारीको पाटामा बसेर भात पकाईरहेको पाइन्थ्यो भने कतिले त्रिपाल नपाएर चौरीमा रात विताई रहेको पाइयो । तर राहत सामाग्रीहरु भने सडक पुगेको सवै गाउाहरुमा चाहि पर्याप्त मात्रामा पुगेको पाइन्थ्यो ।
रसुवा जिल्लाको सडकहरु भासिएको पाइन्थ्यो भने अधिकासं भिर पहराहरु भत्कि रहेको देखिन्थ्यो । यस्तो अवस्थामा पनि कालिकास्थान, धुन्चे, स्याब्रुबेशी आदी ठाउाहरुमा ट्रक जवरजस्ती लगी रहेको थियो । नलगौ पनि कसरी त्यहााको बासिन्दाहरुको विहान बेलुकी हात मूख नै नजोडिने । त्यसकारण गाडी गुड्यो अफ्ठ्यारोमा पनि ।

 यस्तो देखियो रसुवामा:
– २ जेष्ठ २०७२ मा धैलुङ गाउा विकास समितिको कालिकास्थान भन्ने ठाउामा रहेको कालिकास्थान उ.मा.वि.को प्राङ्गढमा चामल र त्रिपालको बोरा ठूलो मात्रामा रहेको पाईयो । त्यहाको भूकम्प पीडितहरु खुशी नै भएको पाईयो ।

–  ३ जेष्ठ २०७२ मा रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा घरहरु क्षत विच्छेत भएको पाईयो । त्यहाा राहत वितरण कार्य सम्भव: भैसकेको हुन सक्छ । त्यहाको सरकारी संयन्त्रहरु सवै स्याब्रुबेशी गाउा विकास समितिमा राहत वितरण गर्न गएको पाईयो ।

–   ३ जेष्ठ २०७२ मा रसुवाको स्याब्रुबेशी गाउा विकास समितिमा राहत वितरण गर्न सभासदको टोली र प्रमुख जिल्ला आधिकारी सहित दैविक प्रकोप उद्धार समितिको टोली सबैले पााच गाविस स्याब्रुबेशी, चिलिमे, टिमुरे र बृद्धिम गाविसका पीडितहरुलाई राहत वितरण कार्य भएको थियो ।

– रसुवा जिल्लाको प्रत्येक्ष निर्वाचित सभासद जनार्दन ढकालले राखेको मन्तव्य सहित राहत वितरण कार्य अगाढी बढेको थियो ।
– निन्याउरो मूख लगाएर बसेका भूकम्प पीडितहरु राहत सामाग्रीहरु पाए पछि केहि हद मख्ख परेको

–    चिन सरकारले बनाउन लागेको त्रिशुली ३ पावर हाउसमा भने भारत सरकार र अन्य देशको सहयोगमा आएको राहत स्थानीय प्रशासनलाई जानकारी नदिई त्रिपाल वितरण कार्य गरेको पाईयो । सवैले पाल प्राप्त गर्न सकेको पाईएन । त्यहााको केहि युवाहरु, नेपाली सेना र नेपाल प्रहरीहरुको ठिट्टाहरुले भित्र लुकाएर राखेको पाईयो । पछि ओसार्ने काम भएको पाईयो ।

रसुवाबासीको अभिभावक पनि आफै पिडित:
रसुवा जिल्लाबाट प्रत्यक्ष निर्वाचीत सभासद जनार्दन ढकालको बुवा पनि कालिकास्थानको घरको सडक छेउ पेटिमा बास बसेको पाइयो । भूकम्पको जोखिमले सवैमा सचेत रहन बृद्धा स्वयम् अनुरोध गरिरहेका थिए । सभासद ढकालको नाता गोता र इष्ट मित्रले हार्न नसकेर पठाइदिएको राहतले त अभिभावकत्व त झन बलियो बनाएको पाईयो ।

रसुवा बासीको मन भत्किएको रहेन छ  
जे हुन नहुने थ्यो अखिर भएर छाड्यो । राहत वितरणमा पनि पारदर्शिता नभएको हो कि भन्ने जनगुनासो पनि नआएको होईन । तर पनि यहााको बासिन्दाहरु भने खुशी नै रहेको पाईयो । जता ततै घर भत्किएको पाईयो । बस्न नहुने गरि केहि मात्रामा चर्केको पाईयो । तर यहााको बासिन्दाहरुको जोस जागर र उत्साह हेर्दा उनीहरुको मन भने नभत्केको महशुस गर्न सकिन्थ्यो । खैर यसैमा हामी पनि खुशी थियौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी