इराकको रमादी शहर आइएसको कब्जामा

इराकको रमादी शहर आइएसको कब्जामा

  • सोमवार, जेष्ठ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, ४ जेष्ठ।

इराकको रमादी शहर इस्लामिक आतंकबादी समूह आइएसले कब्जामा गएको छ ।

आइएसको नियन्त्रणपछि आतंकवादी समूह बिरुद्ध हवाई तथा स्थलगत कारबाही गर्दै आएको अमेरिकी गठबन्धन सेना सो शहर छोड्न बाध्य भएको छ ।

इराकको बिभिन्न शहर कब्जा गर्दै अगाडि बढेको आईएसले पछिल्लो समय रमादी शहर नियन्त्रण गर्न लामो संघर्ष गर्नु परेको थियो । सो शहर नियन्त्रणमा लिएलगत्तै आईएसको पकड झन बलियो देखिएको छ ।

यता अमेरिकी गठबन्धन सेना र आईएसबीचको संघर्षका कारण इराकका सयौं सर्वसाधारण थातथलो छोडी अन्यत्र पलायन भएका छन । संघर्षका कारण शरणार्थीका रुपमा छिमेकी मुलुक पलयत  भएकाहरु अस्थायी पालमा बस्न बाध्य भएका छन् ।

इराक र सिरियामा एकसाथ आतंकबादी गतिविधि गर्दै आएको आइएस विरुद्ध अमेरिकी गठबन्धन सेनाले हवाई तथा स्थलगत आक्रमण गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी