एजेन्सी जेष्ठ ४ ।
अमेरिकाको टेक्सस राज्यमा दुई बाईकर समुहबीच गोली हानाहान हुादा कम्तिमा ९ जना मारिएका छन् ।
वाको शहरको अति व्यस्त बजार क्षेत्रको एक रेष्टुरेन्टमा गोली हानाहान भएको त्यहााको प्रहरीलाई उधृत गर्दै बिबीसीले जनाएको छ । घटनामा थप १८ जना घाईते भएका छन ।
प्रहरी प्रवक्ताका अनुसार एउटा स्पोर्ट्स बारको पार्किङ क्षेत्रको विषयमा सामान्य विवादबाट सुरु भएको झगडा गोली हानाहानसम्म पुगेको हो । प्रहरीले घटनामा कम्तिमा ५ वटा स्थानीय बाईकर समुह संलग्न रहेको आशंका गरेको छ ।
प्रत्यक्षदर्शीका अनुसार कम्तिमा ३० जना बाइकरहरुले सय राउण्डभन्दा बढी गोली प्रहार गरेका थिए । प्रहरीले घटनास्थलबाट दुई जनालाई गिरफ्तार गरी अनुसन्धान थालेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline