काठमाडौं, ३ बैशाख।
नाइजेरियाको उत्तरी योबे राज्यको दमातुरु शहरमा भएको आत्मघाती बिस्फोटमा ९ जना मारिएका छन् ।
दामातुरु शहरको एक व्यस्त बस स्टेशनमा एक महिलाले आफैंलाई बिस्फोट गराएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । घटनामा थप ३० जना घाइते भएका छन् ।
आतंकबादी समूहको निशाना बन्दै आएको योबे राज्यमा यसअघि भएको आतंकबादी हमलामा ५० भन्दा बढीको ज्यान गएको थियो ।इस्लामिक अतिवादी समुह बोको हरामले पछिल्लो समय आत्मघाती हमलामा महिलालाई प्रयोग गर्दै आएको छ ।
घटनाको जिम्मेवारी कसैले नलिए पनि विष्फोट बोको हरामले गराएको नाइजेरियन सरकारको दाबी छ । उता माइदिगुरी शहरमा पनि बोको हरामले पकड जमाउन थालेपछि सेनाले कर्फ्यु लगाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline