काठमाडौ,३ जेठ ।
अफगानिस्तानको राजधानी काबुल स्थित अन्तराष्ट्रिय बिमानस्थलमा आज आत्मघाती बम बिष्फोटन भएको छ । बिष्फोटमा तीन जनाको मृत्यु तथा २० भन्दा बढी घाईते भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
बिबिसीका अनुसार बिष्फोट काबुलस्थित बिमानस्थलको एक कार्यालयमा भएको हो । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
बिष्फोटको कसैले जिम्मेवारी लिएको छैन । तीन दिन पहिले काबुल स्थित एक गेष्ट हाउसमा आक्रमण हुँदा ४ भारतीय सहित १४ जनाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline