वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट नेपाल राष्ट्र बैंकको भवन भत्किएपछि अव्यवस्थित कार्यसम्पादनलाई सहजरूपमा सञ्चालनका लागि केन्द्रीय बैंकका केही शाखा प्रभु बैंकको लैनचौर भवनमा सारिने भएको छ ।
भीम शम्शेरले विसं १९८८ मा बनाएको राष्ट्र बैंकको पुरानो भवन र थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा भूकम्पले क्षति पुर्या१एको छ। बैंकको कार्यसम्पादनलाई पहिलेकै अवस्थामा फर्काउन अप्ठ्यारो परेकाले केही समयका लागि भाडामा राष्ट्र बैंकका केही विभाग तथा इकाई आगामी सातादेखि लैनचौरमा सार्न लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालयस्थित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लघुवित्त कम्पनीका सुपरिवेक्षण विभाग प्रभु बैंकको भवनमा सर्न लागेको हो । केन्द्रीय बैंकको कानुन इकाई र वित्तीय जानकारी इकाई पनि सोही भवनमा सर्न लागेको छ। भूकम्पका कारण गभर्नरको कार्यालय पनि राष्ट्र बैंक केन्द्रीय कार्यालयभित्रकै नयाँ भवनमा सारिएको छ।
राष्ट्र बैंकले अति आवश्यकीय सेवालाई सहजरूपमा उपलब्ध गराउन सकारात्मक पहल गरेको भए पनि आफ्नै कार्यालय भने व्यवस्थित गराउन सकेको छैन । राष्ट्र बैंकका कर्मचारी पालमुनि रहेका छन् भने उच्च अधिकारी नयाँ भवनमा खाँदाखाँद गरेर अत्यावश्यक निर्णय गर्दैआएका छन् । कर्मचारीले भूकम्प गएको लामो समयसम्म पनि व्यवस्थापन गर्न नसकेको गुनासो गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline