भूकम्पपीडित कामदारलाई घर पठाउन खाडि देशका कम्पनी तयार

भूकम्पपीडित कामदारलाई घर पठाउन खाडि देशका कम्पनी तयार

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाण्डौ , २७ बैशाख ।

खाडीस्थित नेपाली दूतावासहरूले आफन्तजन गुमाएका र घर भत्केका कामदारलाई स्वदेश पठाउनका लागि स्थानीय कम्पनीहरूबाट सहयोग भइरहेको जनाएका छन् ।

खाडीका युएई, कतार, साउदी, ओमन, बहराइन र कुबेतमा कार्यरत नेपालीहरू स्वदेश गएर परिवारलाई साथ दिन फर्कनेहरू बढिरहेका छन् । साउदी अरबको राजधानी रियादस्थित नेपाली दूतावासले झन्डै चार सय जनालाई कम्पनीसँग समन्वय गरेर घर पठाइदिएको छ ।

‘धेरैजसो कम्पनी आफैंले भूकम्पबाट पीडित भएकालाई पठाइदिएका छन्,’ साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार अझै एक सय कामदारले दूतावासमा घर  पठाइदिनका लागि अनुरोध गर्दै निवेदन दिएको जानकारी दिए ।

धेरैजसो कम्पनीले महाभूकम्पबाट प्रभावित जिल्लामा घर नभएकाहरूको बारेमा भने सोधखोज गर्न थालेका छन् । ‘जसको परिवार काटमाडौंमा छन् ।

उनले कतारका कम्पनीहरूले घर जान चाहने कामदारलाई पठाएर  सहयोग गरेको बताए । कतारमा एउटै कम्पनीले पीडित भएमा सयभन्दा बढी कामदार पनि फर्केका छन् ।दूतावासहरूका अनुसार कम्पनीको ‘स्टाटस’ अनुसार कामदार माथि व्यवहार भइरहेको जनाएको छ ।

कुबेतमा घरेलु कामदार ९हाउसमेड० का रूपमा कार्यरत महिलालाई पनि घरमालिकले पठाइदिएको छ । ओमनका लागि श्रम सहचारी भबनाथ खतिवडाले ओमनका कम्पनीले कामदारलाई सहयोग गरिरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी