काठमाडौं, २६ बैशाख ।
सउदी अरबको गठबन्धन सेनाले यमनका सर्वसाधारणलाई घर छाड्न अपिल गरेको छ ।
हुती बिद्रोही बिरुद्ध यमनमा आक्रमण जारी राखेको गठबन्धन सेनाले हवाई हमलाका क्रममा सर्वसाधारण पनि मारिन थालेपछि यस्तो अपिल गरेको हो ।
सादा प्रान्तमा आफ्नो पकड जमाई बसेका हुती बिद्रोहीलाई परास्त गर्नका लागि सर्वसाधारणलाई सादा प्रान्त लगायत अन्य प्रान्त छोड्न अपील गरिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
यसैबीच यमनमा गरिएको पछिल्लो आक्रमणमा १० जनाको मृत्यु भएको छ ।
सउदी अरबका बिदेशमन्त्री आदेल अल जुबैरका अनुसार पाँच दिन यताको हमलामा १२ सय जनाको मृत्यु भइसकेको छ । मारिनेमा ६ सय सर्वसाधारण रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline