मोदीको सुरक्षाका लागि २० हजार सुरक्षाकर्मी !

मोदीको सुरक्षाका लागि २० हजार सुरक्षाकर्मी !

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

बैशाख २५ एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक आज माओवादी प्रभावित छत्तीसगढमा पुगेर दंतेवाडामा हुने आम सभालाई सवोधन गर्दै हुनुहुन्छ ।
मोदीको यस भ्रमणको लागि २० हजार भन्दा धेरै सुरक्षाफौज तैनाथ गरिएको छ ।
भारतीय ईतिहासमा कुनै पनि प्रधानमन्त्रीको आन्तरीक भ्रमणमा यत्रो सुरक्षाकर्मी परिचालन गरिएको यो पहिलो घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संभावित माओवादीको विरोध र आक्रमणको भयले यत्रो सुरक्षा प्रवन्ध गरेको उच्च अधिकारीहरुको तर्क छ । यस अघि यो भ्रमण घोषणा भए पछि भारतीय माओवादीले विरोध गरेको थियो ।
उता रायपुरमा हुने भनिएको सभा भने हावाहुरीले मोदीले सवोधन गर्ने मञ्च नै भत्किएर दर्जनौ सुरक्षाकर्मी सहित घाईते भए पछि स्थगित गरिएको छ ।
आम सभापूर्व हिजो नै हावाहुरीले रायपुरमा मञ्च भत्काउदा ३७ सुरक्षाकर्मी र सर्वसाधारण गरी ४२ जना घाईते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी