बेलायतमा चुनाव सकिए लगत्तै मन्त्री नियुक्ति शुरु , लेवर पार्टी प्रमुखले दिए राजीनामा

बेलायतमा चुनाव सकिए लगत्तै मन्त्री नियुक्ति शुरु , लेवर पार्टी प्रमुखले दिए राजीनामा

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

बैशाख २५ एजेन्सी । बेलायतमा चुनावी परिणाम सार्वजनिक भएको केही घण्टा पछि नै सत्तारुढ कन्जरभेटिभ पार्टीले तीन जना मन्त्री नियुक्त गरेको छ ।
प्रधानमन्त्रीमा डेविड क्यामरुन निरन्तर रहनु भएको छ भने उहाले तीन मन्त्री मध्य जर्ज ओस्बर्नलाई अर्थमन्त्रीको जिम्मा दिनु भएको छ । साथै जर्ज प्रधानमन्त्रीका सहायक पनि बन्नु हुने छ । त्यसै गरी थेरेसा मे गृहमन्त्री र फिलिप हेमण्ड विदेश मन्त्रीमा नियुक्त हुनु भएको छ ।

सो अवसरमा प्रधानमन्त्री डेविड क्यामरुनले आफ्नो पार्टीले चुनावमा व्यक्त गरेका प्रतिवद्धताहरु पुरा गर्ने विस्वास दिलाउनु भयो ।
यसमा युरोपेली संघ, स्कटल्याण्डको अधिकार आदि धेरै विषयहरुमा कन्जरभेटिभको प्रतिवद्धता रहेको छ ।

यसैबीच चुनावमा पराजीत भए पछि विपक्षी लेवर पार्टीका नेता एड मिलिव्याण्ड सहित अन्य साना दलका नेताहरुले पनि पदबाट राजीनामा दिएका छन् । यो चुनावमा कन्जरभेटिभले ३ सय ३१ मतका साथ स्पष्ट बहुमत हासिल गरेको छ भने लेवर पार्टी खुम्चिएर २ सय ३२ सिटमा सीमित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी