बेलायतको आम चुनावमा क्यामरुनको पार्टीद्धारा बहुमत हासिल

बेलायतको आम चुनावमा क्यामरुनको पार्टीद्धारा बहुमत हासिल

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

वैशाख २५  

बेलयतमा भएको आम चुनावमा कन्जर्भेटिभ पार्टीले बहुमत हासिल गरेको छ । कुल ६ सय ५० सिटको नतिजा घोषणा हुँदा कन्जर्भेटिभले ३ सय ३१ सिटमा जित हासिल गरेको छ । लेबर पार्टीले २ सय ३२ सिटमा जित हासिल गरेको छ ।
सरकार बनाउनका लागि संसदको तल्लो सदन हाउस अफ कमन्समा ३ सय २६ संसदको समर्थन चाहिन्छ । जुन कन्जर्भेटिभले जिति सकेको छ ।

कन्जर्भेटिभ पार्टीका नेता डेभिड क्याम्रुनले पार्टी कार्यकर्तालाई अहिलेको जित पछिल्लो एक पिँढीकै सबै भन्दा उत्कृष्ट रहेको बताउनुभएको छ ।
उहाँले बेलायलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाउनुभयो । यसैबीच लिबरल डेमोक्रेटिक पार्टीले चुनावमा नराम्रो हार व्यहोरेको छ ।

पार्टीले अहिलेसम्म जम्मा ८ सिटमा जित हासिल गरेको छ । चुनावी हारपछि लिबरल डेमोक्रेटिक पार्टीका नेता निक क्लेगले पार्टी नेताको पदबाट राजिनामा दिनुभएको छ ।
– एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी