फ्रान्सको ससदले चरम्पन्थी हमला रोक्न विवादका बीच एक विधेयक पारीत गरेको छ । यस विधेयकले गुप्तचर निकायहरुलाई बढी अधिकार प्रदान गरेको छ ।
यसै वर्ष जनवरीमा चार्ली एब्दो पत्रिकाको कार्यलयमा भएको हमला पछि यस्तो विधेयक ल्याईएको हो । सनसनीपूर्ण उक्त हमलामा १७ जनाको मृत्यु भएको थियो ।
४ सय ३८ मतले पारीत भएको उक्त विधेयकको विपक्षमा ८६ सासद उभिएका थिए । यो कानुन लागु भए पछि अदालतको सहमति विनै पनि गुप्तचार निकायले कुनै पनि व्यक्तिमाथि निगरानी र अनुसन्धान गर्न सक्ने छ ।
यस पछि कुनै पनि व्यक्तिमाथि ईन्टरनेट प्रोभाईडर कम्पनीले अटोमेटीक तरीकाले ट्रयाक गर्नु पर्ने छ । कसले कतिखेर कसलाई ईमेल , म्यासेज लगायतका डाटा ट्रान्सफर गर्छ त्यो सबै जानकारी गुप्तचरले राख्ने छ । यो विधेयक अब उच्च सिनेटमा जाने छ ।
यसैबीच नया सुरक्षा कानुनको विरोधमा फ्रान्समा प्रदर्शन भएको छ । विभिन्न नागरिक संगठन र दलका नेताहरुले यस विधेयकको विरोध गर्दै यसले नागरिकलाई विना कारण दुख: दिने भन्दै यसले लोकतन्त्रको मूलढोकामा धक्का पुग्ने चेतावनी समेत दिएका छन् ।