किसानले आत्महत्या गरेपछि मोदीलाई तनाव

किसानले आत्महत्या गरेपछि मोदीलाई तनाव

  • शुक्रबार, बैशाख ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

नयाँ दिल्ली, ११ वैशाख

भारतमा भूमिसुधार योजनाको विरोध गर्दै एक किसानले आत्महत्या गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले समस्याग्रस्त किसानलाई सहयोग गर्न सबै राजनीतिक दललाई मिलेर काम गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री मोदीले व्यापारका लागि भूमि प्राप्त गर्न सजिलो बनाउन तयार गरेको योजनाको विरोधमा एक दिन अगाडि भेला भएका सयौँ व्यक्तिसामू गजेन्द्र सिंहले आत्महत्या गरेपछि भारतका समाचार च्यानलहरूमा यस घटनाले ठूलो स्थान प्राप्त गरेको छ ।

मरुभूमियुक्त राज्य राजस्थानमा बसोबास गर्ने तीन सन्तानका पिता सिंहले राजधानी नयाँ दिल्लीको केन्द्रमा प्रदर्शनको समयमा एक रुखमा आफूलाई झुण्ड्याएपछि निजलाई अस्पताल लैजाँदा निजको मृत्यु भएको घोषणा गरिएको थियो ।

उदास देखिएका प्रधानमन्त्री मोदीले आफ्ना सहकर्मी तथा प्रतिद्वन्द्वीहरूलाई किसानको युगौँ पुरानो आत्महत्याको समस्या समाधान गर्न संयुक्त रूपमा काम गर्न आग्रह गरे ।

भारतमा बेमौसमको वर्षाका कारण बालीमा व्यापक रूपमा क्षति पुगेपछि यस प्रकारको आत्महत्या हुनेगरेको छ ।उनले सांसदहरूलाई आफूहरू धेरै दल भए पनि ठूलो मुलुकमा मिलेर काम गर्नु आवश्यक भएको बताएका छन् ।

प्रधानमन्त्री मोदीका विरोधीहरूले उक्त आत्महत्या भूमिसम्बन्धी विधेयकको विरोधमा भएको आरोप लगाएका छन् भने सत्ताधारी भारतीय जनता पार्टीले सिंहको आत्महत्या आम आदमी पार्टीका आयोजकले रोक्नुपर्ने दाबी गरेका छन् ।

गृहमन्त्री राजनाथ सिंहले उक्त घटनालाई उपयोग नगर्न आग्रह गर्दै समाधान खोज्न मिलेर काम गर्न प्रधानमन्त्री मोदीको भनाइमा जोड दिए ।

उनले यो घटना वास्तवमै लज्जा तथा दुर्भाग्यपूर्ण भएको बताउँदै यसमा राजनीति गर्ननहुने बताएका छन् । भारतका ऋणको बोझ बोकेका किसानले बेमौसमको असिनासहितको आँधी तथा वर्षाका कारण उनीहरूको बाली नष्ट गर्दा निकै क्षति ब्यहोरेका छन् । हालका सातामा आमसञ्चारले किसानहरूले आत्महत्या गरेको समाचार दिइरहेका छन् ।

भारतको ग्रामीण क्षेत्रमा प्रधानमन्त्री मोदीको भूमिसुधारसम्बन्धी विधेयकप्रति क्रोध बढेको छ र सरकारले यो विधेयक आर्थिक वृद्धिका लागि आवश्यक भएको दाबी गरेको छ ।

भारतका राजनीतिक विपक्षीले सरकारले सङ्घर्षरत किसानको खर्चमा व्यापारलाई सहयोग गरेको आरोप लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी