यूरोपेली युनियलने आप्रवासीहरुको सुरक्षामा गंभीर खतरा उत्पन्न भएको भन्दै उनीहरुको उद्धार र सुरक्षाका लागि तीव्रता दिने निर्णय गरेका छन् ।
गत आईतबार भूमध्य सागरमा ७ सय ५० जना आप्रवासी बोकेको नाउ दुर्घटना भए पछि बेल्जियमको ब्रसेस्लमा बसेको युरोपेली नेताहरुको बैठकले भूमध्य सागरमा सुरक्षाका लागि खोजी र ृउद्धारका लागि तीन गुणा बढी लगानी गर्ने निर्णय भएको छ ।
साथै तस्करहरुले प्रयोग गर्ने बोट नियन्त्रणमा लिने ध्वस्त पार्ने तथा गैर युरोपेली मुलुकमा अध्यागमन अधिकारीहरु राख्ने पनि निर्णय गरीएको छ ।
बैठकमा धेरै युरोपेली राष्ट्रहरुले पानी जहाज सहित उद्धारका लागि आवस्यक ससाधनको व्यवस्था वृद्धि गर्ने पनि प्रतिवद्धता जनाएका छन् । बेलायतले हेलिकोप्टर तथा पानी जहाजहरुमार्फम भू मध्य सागरमा गस्ती तथा सुरक्षा बढाउने प्रतिवद्धता जनाएको छ ।
युद्ध र गरीबीका कारण मध्य एशिया र अफ्रीकाबाट ठूलो संख्यामा भागेका मानिसहरु भूमध्य सागर पार गरेर युरोपेली देश तर्फ जाने गरेका छन् । यो संख्या पछिल्लो समय तीव्र वृद्धि भएको छ ।
यो सन् २०१५ मा मात्रै एशिया र अफ्रीकाबाट ३५ हजार आप्रवासीहरु युरोपतिर प्रवेश गरेका छन् जस मध्य १७५० को मृत्यु भईसकेको छ ।
पछिल्लो यो दुर्घटनाहरु प्रति मानवअधिकारवादीहरुले समेत चिन्ता जनाउदै आएका थिए ।