इटलीमा आप्रवासी भित्रिएको विषयमा युरोपियन युनियनको आकस्मिक बैठक

इटलीमा आप्रवासी भित्रिएको विषयमा युरोपियन युनियनको आकस्मिक बैठक

  • बिहिबार, बैशाख १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, १० बैशाख  ।

अफ्रिकाबाट ह्वारह्वार्ती अवैध आप्रवासी भित्रन थालेपछि रणनीति तय गर्न इटलीमा युरोपियन युनियनको आकस्मिक बैठक बस्दैछ ।

बैठकमा मानव तस्करहरुले प्रयोग गर्दै आएको डुंगा ध्वस्त पार्ने जस्ता अधिकार सेनालाई दिनुपर्ने विषयमा छलफल गरिने छ ।

इटलीले युरोपियन युनियनलाईतत्काल कुनै उपाय खोज्न पनि अपील गरेको छ ।

अवैध ढंगले भूमध्यसागरको बाटो हुँदै आप्रवासी भित्र्याउने तस्करहरुसँग आफ्नो देशको युद्धको जस्तो अवस्था बनेको पनि इटलीले जनाएको छ ।

आइतवार भएको डुंगा दुर्घटनाका आठ सय आप्रवासीसहित यस वर्ष मात्रै १७ सय ५० जना समुन्द्रमा डुबेर मारिइसकेका छन् ।

मध्य पूर्व र अफ्रिकी मुलुकहरुमा मच्चिएको युद्ध र गरीबीका कारण अवैध ढंगले डुंगामा क्षमताभन्दा बढी मानिस कोचेर ल्याउँदा थुप्रैं मानिसको डुबेरै मृत्यु हुने गरेको छ ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष ३० गुणा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आइओएमले जनाएको छ । एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी