एजेन्सी, वैशाख १० । इटलीले आप्रवासि नागरिकहरुको तस्करी गर्नेहरुका बिरुद्ध एकपक्षीय युद्धमा रहेको जनाएको छ । भुमध्य सागरमा लगातार भईरहेको प्रवासि नागरिकको मृत्यु रोक्नका लागी ईटलीले युरोपियन संघसँग अपिल पनि गरेको छ ।
सोहि बिषयमा छलफल गर्न आज बस्ने युरोपेली संघको बैठक अघि इटलीका प्रधानमन्त्री रैजीले सो कुरा बताउनु भएको हो । रक्षा मन्त्री राबट पिनोचीले इटालीयन टेलिभिजनसाग कुरा गर्दै युरोपियन संघको सैन्य हस्तक्षेपको विषयमा साच्न आवश्यक रहेको बताउनु भयो ।
यसअघि गत आइतबार मात्रै लिबियाको समुन्द्रमा ८ सय जनाको डुबेर मृत्यु भएको थियो । यो सँगै यस वर्ष मात्रै एक हजार सात सय जनाको मृत्यु भएको छ । मध्यपूर्व र अफ्रिकामा भइरहेको युद्धा र गरिबीका कारण भागेर युरोप जान कोसिस गरेका प्रावसीहरुको संख्य पछिल्ला समय बढ्दै गएको छ । सोही कारण डुंगामा क्षमता भन्दा बढी मान्छे बसेर असुरक्षित यात्र गर्दा डुंगा डुबेर धेरैको मृत्यु हुने गरेको छ ।