सिन्धुपाल्चोक र काभ्रे जिल्लाको सीमानामा अवस्थित दोलालघाटलाई सुविधा सम्पन्न आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिने कार्यको छिट्टै सुभारम्भ गरिने भएको छ । दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्रको हालै बसेको वैठकले सो निर्णय गरेको हो । सुनकोशी र ईन्द्रावती नदीको संगम स्थलको रुपमा रहेको दोलालघाट पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल समेत हो । त्यतिमात्र नभएर चीनसाग व्यापारीक कारोवार गर्ने तातोपानी नाका तर्फ लाग्ने प्रमुख गन्तब्यको रुपमा पनि दोलालघाट परिचित छ । त्यस्तै राजधानीको कोलाहलबाट केहि समयको लागि भए पनि मुक्त हुन र सुनकोशी तथा इन्द्रावती नदीमा तैरने माछाको स्वाद लिन पनि दोलालघाटले धेरैलाई लोभ्याएको छ । यीनै विशेषताहरु र अनुपम प्राकृतिक सुन्दरताले सजिएको दोलालघाटको आकर्षणलाई व्यवसायीक पर्यटन क्षेत्रको रुपमा विकास गर्न दोलालघाटका उत्साहि व्यक्तित्वहरु दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्रमा संगठित हुदै अगाडी बढेका हुन् ।
दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्रका अध्यक्ष एवम् लोकप्रीय युवा व्यवसायी दुर्गाबहादुर श्रेष्ठका अनुसार केन्द्रले दोलालघाटको पर्यटन प्रवद्र्धनका लागि विभिन्न महत्वपूर्ण भावी योजना तथा कार्यक्रमहरु समेत गर्ने भएको छ । ती योजना तथा कार्यक्रमहरुमा दोलालघाटस्थित महादेवको मन्दिर एउटै संरचनामा पुन: निर्माण गरिने, दोलालघाटस्थित बेलडााडामा सुविधासम्पन्न थ्रिस्टार होटलको निर्माणका लागि सेभेन स्टार ग्रुपसाग सहकार्य गरिने, दोलालघाटस्थित वनदेउ डााडामा बुद्धको मूत्ति सहितको पार्क निर्माण, सुनकोशी र ईन्द्रावती नदीमा अस्थाई बााध निर्माण, दोलालघाटदेखि पलाञ्चोक भगवतीसम्म केवलकारको सञ्चालन, स्थानिय जनतालाई सुविधा सहितको चाईनिज, स्पेनिस र अंग्रेजी भाषा कक्षा सञ्चालन, संस्थाको आफ्नै सामुदायिक हस्टिल र एम्वुलेन्स सेवा, लोकल कुखुरा पालन, माछापालन, खसी पालन, बंगुर पालन लगायत रहेका छन् । त्यस्तै अन्य योजना तथा कार्यक्रमहरुमा होमस्टेको व्यवस्था, चाईनिज पर्यटकलाई ट्रान्जिट प्वाईन्ट बनाउन पहल, जनचेतनामुलक सरसफाई अभियान, मोटर बोटको सञ्चालन, काठमाडौंदेखि दोलालघाट सम्म टूर प्याकेजको व्यवस्था, प्लास्टिक तथा शिशाको बोतलमाथि प्रतिबन्ध, वृक्षारोपण, अत्याधुनिक कम्प्युटर तथा ईन्टरनेट सेवा सञ्चालन, स्थानिय मौलिक भाखा र संस्कृतिको संरक्षण लगायत रहेकाछन् ।
दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्रले ल्याएको यो अत्यन्त महत्वकांक्षी योजना पूरा गर्न अरबौ रुपैया लाग्ने निश्चित छ । समाजले लक्ष्यलाई व्यहारमा उतारी दोलालघाटलाई काभ्रे र सिन्धुपाल्चोक जिल्लाको मात्र नभएर नेपालकै एक महत्वपूर्ण पर्यटकीय गन्तब्यको विकसित गर्न आवश्यक सहयोगको लागि अरनिको यातायात सेवा समिति, ट्रक कन्टेनर संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, वागमती टिपर संघ, रोलवालिङ यातायात सेवा समिती, बाह्विसे यातायात सेवा समिति, दोलालघाट, भुल्लुटार, ज्याम्दी, सपिङ, फलााटे गाविस, जिविस काभ्रे, धुलिखेल तथा पााचखाल नगर पालिका, नेपाल पर्यटन वोर्ड, धुलिखेल तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, पर्यटन मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, तातोपानी भंसार कार्यालय, स्थानिय संघसंस्थाहरु, समाजसेवी, व्यापारी, उद्योगी, शिक्षक, विद्यार्थी, समाजसेवी लगायत सबैमा सक्दो सहयोग तथा समर्थनको लागि अनुरोध गरिने समेत जनाएको छ ।
जुन सुकै क्षेत्रको विकासका लागि पनि सरकारको मुख मात्र ताक्ने प्रवृत्ति तथा परम्परावादी सोचले नयाा नेपाल बन्न नसक्ने निचोडका साथ दोलालघाटवासी सो क्षेत्रको विकासका लागि आफ्नै खुट्टामा उभिनु पर्ने सोचका साथ योजनावद्ध ढंगले अघि बढिरहेका हुन् । दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्रका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ स्थानिय जनतासागको हातेमालोबाट छोटो समयमै योजना सम्पन्न गर्न सकिनेमा विश्वस्त हुनुहुन्छ । गाउाबाट शहर र शहरबाट विदेश हानिने सोचेले कहिल्यै पनि गााउको विकास हुन नसक्ने र युवा शत्तिको पलायन पनि नरोकिने बताउनु हुन्छ । दश वर्ष भित्र दोलालघाटले आफ्नो स्वरुप नै बदलिसक्ने श्रेष्ठ बताउनु हुन्छ । कृषि, पशुपालन र पर्यटन क्षेत्रको विकास मार्फत स्थानिय युवा जनशक्ति तथा महिलाहरुलाई आत्मनिर्भर बनाउन आवश्यक धेरै काम गर्नुपर्ने हुादा दोलालघाटवासीले आउादा दिनमा निक्कै मेहनत गर्नुपर्ने पनि अध्यक्ष श्रेष्ठको धारणा छ ।