इराक, ५ बैशाख ।
इराकका तत्कालीन शासक सद्दाम हुसेनका दाहिने हात मानिने चरमपन्थी नेता इज्जत इब्राहिम अल दौरी मारिएका छन् ।
इराकी अधिकारीहरुका अनुसार उनी उत्तरी बगदादको सलाहुद्दिन प्रान्तमा भएको मुठभेडमा मारिएका हुन् । उनलाई पूर्व राष्ट्रपति सद्दाम हुसेनको निकट मानिन्थ्यो।
उनी एक भिडन्तका क्रममा मारिएको बताइए पनि उनका समर्थकहरुले भने सरकारी दावी अस्वीकार गरेका छन्।
इराकी अधिकारीहरुका अनुसार अल दौरी शैयद सद्दाम हुसेन शासनकालको अन्तिम समयका महत्वपूर्ण व्यक्ति दिए। जसलाई मारिएको छ।
७२ वर्षीय दौरीले नक्शवंदी विद्रोही समूहको नेतृत्व गरेका थिए । जुन इराकमा स्लामिक स्टेटलाई बढावा दिन जिम्मेवार मानिएको थियो ।
अल दौरी सद्दाम हुसेनका सहायक थिए । सद्दाम हुसेन २००३ देखि २००६ सम्म भएको अमेरिकी सेनाको आक्रमणमा मारिएका थिए ।
अल दौरीलार्य सद्दा हुसेनको बाथ पार्टीको सबैभन्दा महत्वपूर्ण व्यक्ति मानिन्थ्यो । उनीमाथि ठुलो राशीको पुरस्कारसमेत थियो । एजेन्सी