डुंगामा भएको ‘धार्मिक झडप’ मा १२ जना मारिए, १५ पक्राउ

डुंगामा भएको ‘धार्मिक झडप’ मा १२ जना मारिए, १५ पक्राउ

  • शुक्रबार, बैशाख ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

इटाली, ४ बैशाख ।

समुद्रमा हिँडिरहेको डुंगामा भएको धार्मिक झडपमा १२ जना इसाई मारिएको अभियोगमा इटलीमा १५ जना मुस्लिम पक्राउ परेका छन्।

इटालीको प्रहरीले समुद्री मार्गबाट इटाली जाँदै डुंगामा सवार प्रवासीबीच भएको धार्मिक झडपमा १२ जना इसाईको हत्या गरेको आरोपमा १५ जना मुस्लिमलाई पक्राउ गरिएको जनाएको हो ।

इसाई प्रवासी घाना र नाइजेरियाको रहेको आशंका गरिएको छ। पक्राउ परेका १५ जना प्रवासी मुस्लिमलाई सिसलीको पालेर्मो सहरमा पक्राउ गरिएको हो । उनीहरुमाथि धार्मिक घृणाबाट प्रेरित भएर कयौको हत्या गरेको आरोप छ।

पक्राउ परेका संदिग्धहरु आइभरी कोष्ट, सेनेगल, माली र गिनीका १०५ जना मध्येका हुन् । उनीहरु मंगलबार लिबियाबाट एउटा बोटमा सवार भएर इटाली आएका थिए।

एउटा अर्को घटनामा लिबियाबाट प्रवासी यात्रु लिएर इटाली आउँदै गरेको जहाज डुब्दा ४० जनाको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा भूमध्यसागर पार गर्ने प्रयास गर्ने करिब दश हजार प्रवासीलाई बाचाइसकिएको छ। इटालीले यो संकटसँग भिड्नका लागि युरोपिय संघसँग सहयोग माग गरेको छ।

यो वर्ष मात्र अहिलेसम्म अफ्रिका र मध्यपूर्वका ५ सय बढी प्रवासी युरोप आउने कोशिस गर्ने क्रममा मारिएका छन्। यही साताका सुरुमा एउटा पानी जहाज डुब्दा चार सय बढी मारिएको आशंका गरिएको छ। एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी