लाखौको टाउकाको मूल्य तोकिएका माओवादी नेता पक्राउ

लाखौको टाउकाको मूल्य तोकिएका माओवादी नेता पक्राउ

  • शुक्रबार, बैशाख ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

नयाँ दिल्ली, ४ बैशाख ।

भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेता शिवप्रसाद सिंह राँचीबाट पक्राउ परेका छन्। राँचीका एसएसपी प्रभातकुमारले उनी पक्राउ परेको पुष्टि गरेका हुन् ।

नेता सिंहमाथि सरकारले २५ लाख भारतीय रुपैयाँ पुरस्कार राखेको थियो । सिंहलाई पार्टीभित्र रोहित, पवन र रितलालका नामले पनि चिनिने बताएका छन्। उनी भाकपा माओवादीको विशेष एरिया कमिटिका सक्रिय सदस्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शिवप्रसाद सिंह बिहारको जहानावाद जिल्लाको करोना थाना क्षेत्र निवासी हुन् । बिहारको औरगावादमा उनीविरुद्ध कयौ मुद्दा छन्।

प्रहरीका अनुसार बिहारमा पनि उनको टाउकाको मुल्य दश लाख भारतीय रुपैयाँ तोकिएको छ। पक्राउपछि प्रहरीले उनीसँग लगातार सोधपुछ गरिरहेको जनाएको छ।

प्रहरीले सिंह कयौ माओवादीका बरिष्ठ नेताको निकट रहेको दावी गरेको छ। प्रहरीले सिंहलाई राँची जिल्लाको पिठौरिया थाना क्षेत्रको नकारी जंगल नजिकबाट पक्राउ गरेको जनाएको छ।

झारखण्डमा पनि आधा दर्जन बढी माओवादी घटनामा उनको संलग्नता रहेको आशंका गरिएको छ। माओवादी संगठनमा प्रहरी र प्रशासनविरुद्ध रणनीति तय गर्ने र लडाकु दस्ता तयार गर्न सिंहको मूख्य भूमिका रहेको बताइएको छ।

प्रहरीले सिंह बिहार, झारखण्डका साथै छत्तीसगढमा पनि सक्रिय रहेको दावी गरेको छ। सन् १९८४ मा सीपीआई पार्टी युनिटिसँग जोडिएका थिए ।

सन् २००४ मा उनी भाकपा माओवादीका सदस्यका रुपमा काम गरिरहेका थिए । एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी