एजेन्सी बैशाख ४
ईटालीमा एउटा डुगामा हिडिरहेका धार्मिक आप्रवासीहरुबीच झडप हुदा १२ जनाको मृत्यु भएको छ । उनीहरुलाई मुस्लिम प्रवासीहरुले डुगाबाटै समुन्द्रमा फ्यालीदिएका थिए । उनीहरु सबैको मृत्यु भएको आशंका गरिएको छ । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १५ जना मुस्लिम नागरीकलाई पक्राउ गरेको छ । उनीहरु सेनेगल , आईभरीकोष्ट, माली र गिनीका १ सय ५ जना आप्रवासीहरुमा सामेल थिए । उनीहरुमाथि धार्मिक घृणाका कारण ईशाईको हत्या गरेको आरोप लगाईएको छ ।
लिवियाबाट गएका एक आप्रवासी बोकेको डुगामा सो झडप भएको थियो ।
यसैबीच लिविया र ईटालीको बीचमा पर्ने भूमध्य सागरमा एउटा आप्रवासी बोकेको जहाज दुर्घटना हुदा ४० जनाको मृत्यु भएको छ । भूमध्य सागर पार गरीरहेका १० हजार आप्रवासीलाई भने सुरक्षित गरिएको छ । केही समय पहिले एउटा जहाज डुब्दा ४ सय आप्रवासी मारिएका थिए । सन् २०१५ को छाटो समयमा नै ५ सय बढी युरोप छिर्न खोज्ने अफ्रीकी आप्रवासीहरुको मृत्यु भईसकेको छ ।