अमेरीका र क्युवाबीच सम्बन्ध विस्तार प्रयास

अमेरीका र क्युवाबीच सम्बन्ध विस्तार प्रयास

  • आइतवार, चैत्र २९, २०७१
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

एजेन्सी चैत्र २९ ।झण्डै ५० वर्षदेखि टुटेको औपचारीक कुटनीतिक सम्बन्ध जोडने प्रयासमा अमेरीका  र क्युवाका राष्ट्र प्रमुखहरुले भेटवार्ता गरेका छन् ।अमेरीकी राष्ट्रपति बराक ओबामा र क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोबीच पानामामा औपचारीक भेटवार्ता भएको हो । भेटमा सम्बन्ध सुधार, आर्थिक नाकाबन्दी हटाउने लगायतका विषयमा छलफल भएको र यो टर्निङ पोईन्ट भएको ओबामाले बताउनु भएको छ । अमेरीकाले क्युवा सरकार र जनतासग‘ प्रत्यक्ष  सम्बन्ध राख्न केही नया गर्ने प्रयास गरेको उहॉको भनाई छ ।
यसै गरी क्युवाका राष्ट्रपति क्याष्ट्रोले सवेदनशील मुद्धाहरुमा छलफल गर्न आफूहरु तयार रहेको र प्रगति चाहेको बताउदै यसमा धैर्यताको आवस्यकता भने पर्ने उहाले बताउनु भयो ।  सन् १९५९ मा फिडेल क्यास्ट्रोले सत्ता कब्जा गरेर कम्युनिष्ट सासन लागु गरे पछि अमेरीकाले कुटनीतिक सम्बन्ध बिच्छेद गर्नुका साथै आर्थिक नाकाबन्दी समेत लगाउदै आएको छ ।
यसैविच अमेरिकी राष्ट्रपति बाराक ओबामाले पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी राष्ट्रपति पदका लागि प्रतिष्पर्धा गरे देशको उत्कृष्ट राष्ट्रपति बन्नसक्ने भन्दै प्रशंसा गरेका छन् ।आगामी निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट हिलारीले राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नसक्ने सम्भावना रहेको बताइएका बेला ओबामाले प्रशंसा गरेका हुन । यसअघि सन् २००८ मा भएको पहिलो कार्यकालमा हिलारीले नै ओबामालाई पार्टीको आन्तरिक निर्वाचनमा टक्कर दिएका थिए ।यस पटक पनि प्रतिष्पर्धी बन्दै पहिलो महिला राष्ट्रपति बन्ने होडमा हिलारी रहेकी छिन् । पनामामा रहेका राष्ट्रपति ओबामाले ‘हिलारी मेरी साथी हुन् र मलाई लाग्छ उनी एक उत्कृष्ट राष्ट्रपति हुनेछिन’ भन्ने अभिव्यक्ति दिएका हुन् ।obama meetsअमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ६७ वर्षीया हिलारीले सम्भवत: आजभोलिमै डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी घोषणा गर्न सक्ने छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी