जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च, मुद्रास्फीति २.९ प्रतिशत पुग्यो

जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च, मुद्रास्फीति २.९ प्रतिशत पुग्यो

  • शुक्रबार, मंसिर ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

जापानको राजधानी टोकियोमा उपभोक्ता मूल्यवृद्धि नोभेम्बरमा २.९ प्रतिशत पुगेको छ। यो पछिल्लो १६ महिनायताकै उच्च मुद्रास्फीति दर हो ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा टोकियोको मुख्य उपभोक्ता मूल्य सूचकाङ्क (कोर सीपीआई) २.९ प्रतिशतले बढेको हो । अक्टोबरमा यस्तो वृद्धि २.६ प्रतिशत थियो ।
मध्यपूर्वमा बढ्दो तनावका कारण ऊर्जा लागत वृद्धि हुनु, जापानी येन कमजोर हुनुले आयात महँगिनु तथा कम्पनीहरूले बढ्दो उत्पादन लागत उपभोक्तामाथि सार्नु मूल्यवृद्धिका प्रमुख कारण रहेको बताइएको छ ।

सर्वेक्षणमा समेटिएका १० प्रमुख वस्तु तथा सेवा समूहहरूमध्ये नौवटामा अघिल्लो वर्षको तुलनामा मूल्य वृद्धि भएको छ । विशेषगरी विद्युत्, ग्यास र पानीलगायतका उपयोगिता सेवाअन्तर्गत विद्युत् महसुल ९.५ प्रतिशत र सहरमा प्रयोग हुने ग्यासको शुल्क १३.७ प्रतिशतले बढेको छ ।
कोर उपभोक्ता मूल्य सूचकाङ्कमा ताजा खाद्यवस्तुको मूल्य समावेश गरिँदैन। टोकियोको मुद्रास्फीति दरलाई जापानभरको मूल्यवृद्धिको प्रवृत्ति बुझ्ने महत्वपूर्ण सूचकका रूपमा लिइन्छ । नोभेम्बरमा मुद्रास्फीति लगातार तेस्रो महिनासम्म जापानको केन्द्रीय बैंक (बैंक अफ जापान) ले निर्धारण गरेको दुई प्रतिशतको लक्ष्यभन्दा माथि रहेको छ ।

हाल १.२५ प्रतिशत रहेको प्रमुख ब्याजदरमा थप वृद्धि हुन सक्ने संकेत बैंक अफ जापानले गरिसकेको छ। मुद्रास्फीति अपेक्षाभन्दा बढी बढ्ने जोखिमका बीच आगामी डिसेम्बर १७ र १८ मा हुने मौद्रिक नीतिसम्बन्धी बैठकमा ब्याजदर बढाउने सम्भावनालाई बजारले चासोका साथ हेरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ