राज्य व्यवस्था समितिको बैठक मंगलबार, गृहमन्त्री गुरूङ सहभागी हुने

राज्य व्यवस्था समितिको बैठक मंगलबार, गृहमन्त्री गुरूङ सहभागी हुने

  • शुक्रबार, मंसिर ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

काठमाडौं, शुक्रबार – प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिको बैठक आउँदो मंगलबार बिहान ११ बजे बस्ने भएको छ। समिति सभापति हरि ढकालले बैठक डाकेका हुन्, जसमा गृहमन्त्री सुधन गुरूङ सहभागी हुनेछन्। विपक्षी दलहरूले औपचारिक पत्रसहित बैठक डाक्न माग गरेका भए पनि सभापति ढकालले दुई महिनासम्म बैठक राखेका थिएनन्।

बैठकको कार्यसूचीमा नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीलाई हटाइएको, पत्रकार पक्राउ गर्न समाचार कक्षमा प्रहरी पठाइएको र प्रहरी अनुसन्धानमा रहेको विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको विषय छन्। प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइल प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको घरमा ‘लोकेसन ट्रेस’ भएको विषयमा पनि छलफल गर्ने तयारी छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ