आगामी अधिवेशन संसद भवनको नयाँ हलबाट गर्ने तयारी

आगामी अधिवेशन संसद भवनको नयाँ हलबाट गर्ने तयारी

  • शुक्रबार, मंसिर ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

काठमाडौं – प्रतिनिधि सभाको आगामी अधिवेशन निर्माणाधीन संसद भवनको नयाँ हलबाट सञ्चालन गर्ने तयारी गरिएको छ। सरकारले आउँदो सोमबार अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको र सम्भवतः फागुन २१ गते सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार हलमा अडियो/भिडिओ प्रणालीको परीक्षण भइरहेको छ र बैठक अघि परीक्षण बैठक पनि गरिनेछ। हल सञ्चालनयोग्य देखिए नयाँ हलबाटै बैठक बस्ने उनले बताए। सभामुख डोलप्रसाद अर्यालले तयारी पूरा गर्न सम्बन्धित मन्त्रालय र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्। निर्माण कम्पनीले ढिलाइ गरेकाले नयाँ हलमै बैठक चलाएर पूर्वाधार पूरा गर्न दबाब दिने रणनीति लिइएको उनको भनाइ छ।

तर भवनमा टेलिफोन नेटवर्क नचल्ने, शौचालयमा पानी आपूर्तिमा ढिलाइ र ४० वाटका साना बल्बले पर्याप्त उज्यालो नहुनेजस्ता प्राविधिक कमजोरी देखिएका छन्, मिडिया सेन्टरको व्यवस्था पनि हुन सकेको छैन। २०७६ असोज १ मा शिलान्यास गरिएको भवनको भौतिक प्रगति छ वर्षपछि करिब ९० प्रतिशत मात्र पुगेको छ। सुरुमा ५ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनाको म्याद पटक–पटक थपिँदा लागत बढेको छ, जसमा तुँदी–सेक जेभीले मुख्य ठेक्का पाएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ