बिचौलिया इनम सापकोटासँग जोडिएका महेश श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

बिचौलिया इनम सापकोटासँग जोडिएका महेश श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

  • बुधबार, मंसिर ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

काठमाडौँ, ९ मङ्सिरः बिचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठलाई थुनामुक्त गर्नु पर्ने माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको छ।

श्रेष्ठकी पत्नी यसुदा श्रेष्ठ थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा परेको छ।

अदालतमा सेटिङको काम गर्ने गरेको आरोपमा पक्राउ परेका सापकोटासँग श्रेष्ठको कनेक्सन देखिएको र केही आर्थिक कारोबार समेत भएपछि उनी पनि अनुसन्धानमा तानिएका थिए।

काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। यो प्रकरणमा पक्राउ परेकाहरूविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ