भोटेकोशी बाढीमा बेपत्ता ३९१५ जनालाई मृत्युको घोषणा गर्न सिफारिस

भोटेकोशी बाढीमा बेपत्ता ३९१५ जनालाई मृत्युको घोषणा गर्न सिफारिस

  • बिहिबार, मंसिर १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 0
    SHARES

काठमाडौं – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा भोटेकोशी बाढीमा बेपत्ता ३९१५ जनालाई मृत्युको घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ। गृहमन्त्री सुधन गुरूङको अध्यक्षतामा बसेको समितिको ३८ औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३२९२ स्वदेशी र १९ विदेशी नियोगबाट यकिन भई आएका ६२३ विदेशी गरी कुल ३९१५ जनालाई मृत्युको घोषणा गर्न सिफारिस गरेको हो। विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) ले विपद्मा बेपत्ता व्यक्तिलाई सरकारले मृत्युको घोषणा गर्न सक्ने व्यवस्था गरेको छ। यसअघि प्राधिकरणले दुई चरणमा सात दिने सूचना प्रकाशन गरी दाबी पेस गर्न समय दिएको थियो।

बैठकले सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र २०८३/०८७ स्वीकृत गरेको छ, जसले २०८७ सम्म सबै समुदायमा बहुप्रकोप पूर्वसूचना प्रणाली विस्तार गर्ने लक्ष्य राखेको छ। साथै वन डढेलो जोखिम न्यूनीकरण राष्ट्रिय रणनीति र कार्ययोजना तथा वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्ययोजना पनि स्वीकृत गरिएको छ। बैठकले डडेल्धुराको आलिताल, अर्घाखाँचीको सन्धिखर्क र गोरखाको चुमनुब्रीका जोखिमपूर्ण बस्तीका १ सय १८ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ