मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

  • बुधबार, मंसिर ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

झापा, ९ मङ्सिरः पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व सङ्कलन लक्ष्यभन्दा १० प्रतिशत बढी गरेको छ ।

कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार कात्तिकमा रु एक अर्ब ३५ करोड १३ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । उक्त महिनाका लागि रु एक अर्ब २३ करोड लक्ष्य निर्धारण गरिएकामा लक्ष्यको ११० प्रतिशत राजस्व सङ्कलन भएको हो ।

चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा भने कार्यालयले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेको थिएन । साउनमा रु एक अर्ब ४३ करोड ५० लाख लक्ष्य रहेकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार सङ्कलन भएको थियो ।

त्यस्तै, भदौमा रु एक अर्ब ६४ करोड लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार र असोजमा रु एक अर्ब ८४ करोड ५० लाख लक्ष्य रहेकामा रु एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

भारतको पश्चिम बङ्गालस्थित पानीट्याङ्कीसँग सीमा जोडिएको काँकडभिट्टा नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल, तयारी पोसाक, सुपारी, सिमेन्टको क्लिङ्कर, सुती कपडा, खरानी, फलामजन्य अवशेष, चामल, कनिका, ग्लेज टायल, स्नेहक तेल, मोबिल, मोटरका ब्याट्री र प्लास्टिकका ट्युब आयात हुने गरेका छन् ।

यस नाकाबाट भारत, चीन, बङ्गलादेश, भूटानलगायत मुलुकसँग व्यापार हुने गरेको छ । यहाँबाट चिया, अलैँची, अदुवा, अम्लिसो, मुसुरो दाल, भेनियर सिट, चोकर, आलस, खयरको कत्था, जडीबुटी, फलामे संरचना, सुठो र प्लाइउड निर्यात हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ