पोखरामा ‘माछापुच्छ्रे दोड २०२६’ आयोजना हुँदै, मुख्य प्रायोजक माछापुच्छ्रे बैंक

पोखरामा ‘माछापुच्छ्रे दोड २०२६’ आयोजना हुँदै, मुख्य प्रायोजक माछापुच्छ्रे बैंक

  • बिहिबार, मंसिर ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

पर्यटकीय नगरी पोखरामा आउँदो मङ्सिर २६ गते ‘माछापुच्छ्रे दोड २०२६’ सञ्चालन हुने भएको छ। माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा आयोजना हुन लागेको यस दौड प्रतियोगिताले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।

प्रतियोगिता सञ्चालनका लागि माछापुच्छ्रे बैंकले ‘हिमालयन ट्रेल रनिङ’सँग सहकार्य गरेको छ। बैंकका अनुसार यस प्रतियोगिताले पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुका साथै सर्वसाधारणमा स्वस्थ जीवनशैलीको प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

प्रतियोगितामा सहभागीहरूले आफ्नो क्षमता र रुचिअनुसार विभिन्न ४ वटा विधामा भाग लिन सक्नेछन्:

५ किलोमिटर

१२ किलोमिटर (कर्पोरेट विधा)

२१ किलोमिटर

४२ किलोमिटर

दौडमा सहभागी हुन इच्छुक धावकहरूले आयोजकको आधिकारिक वेबसाइट https://himalayantrailrunning.com मार्फत आफूलाई उपयुक्त हुने विधा छनोट गरी अनलाइन दर्ता (Registration) गर्न सक्नेछन्।

आजको व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताका कारण निम्तिने स्वास्थ्य समस्याहरूलाई ध्यानमा राख्दै नियमित व्यायाम र खेलकुदको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यले माछापुच्छ्रे बैंकले यस प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा सहकार्य गरेको जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ